वडा कार्यालयको आयोजनामा वृक्षारोपण कार्यक्रम


अनमोल समाचारदाता
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. १ को आयोजनामा दुई दिने वृक्षारोपण कार्यक्रम संचालन भएको छ ।
आज वडाको आयोजनामा वन तथा वातावरण संरक्षण अन्तर्गत वडा नं. १ को रत्न हरित बोटानिकल पार्कमा दुई दिने वृक्षारोपण कार्यक्रम संचालन भएको हो । 
वृक्षारोपण कार्यक्रममा वडा अध्यक्ष भीम कुमार राई, सुनाखरी माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदिप कुमार राई, वडा सदस्यहरु, कार्यपालिका सदस्य, जेसीजका प्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि र सुरक्षाकर्मीहरूको उपस्थिति रहेको थियो ।

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment