नगरका योजना तथा कार्यक्रमहरूको अनुगमन


अनमोल समाचारदाता
पथरी । मोरङको पथरी शनिश्चरे नगरको योजना तथा कार्यक्रमको अनुगमन टोलीले नगरका विभिन्न योजनाहरुको अनुगमन् गरेको छ । 
आज नगर उप–प्रमुख एवम् अनुगमन समितिको संयोजक देविमाया काफ्लेको अगुवाईमा विभिन्न योजनाहरुको अनुगमन गरिएको हो । 
वडा नं. २ को  हस्पिटल मार्ग कालोपत्रे, वडा नं. ६ को डाइनिया–पथरी सडक ग्रावेल, वडा नं. ३ को संगम चौकदेखि दुर्गा पञ्चायत मन्दिरसम्म स्तरोन्नति, शनिश्चरे खानेपानी तथा सरसफाईको योजना, वडा नं. १० को संगम चौकदेखि पश्चिमको बाटो स्तरोन्नति र ड्रेन निर्माण लगायतको योजना तथा कार्यक्रमहरुको अनुगमन गरिएको थियो । 
सो अनुगमनमा समितिका सदस्य एवं वडा नं. ९ का अध्यक्ष वीरबहादुर राई, सदस्य अन्जना शिवा, सदस्य सचिव शिवकुमार राई, इन्जिनियर सन्तोष केसी र प्राविधिक सहितको टोलीले योजनाहरूको अनुगमन् गरेको हो ।

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment