सुनसरीको इटहरीमा रहेको प्रादेशिक रंगशाला उचित व्यवस्थापन नहुँदा पछिल्लो समय लागूऔषध दुव्र्यसन र अवैध यौन क्रियाकलापको अखडा बन्दै गएकोमा चासो कसैले नदिएको स्पष्ट हुन्छ । सो, रंगशालाको लागि उचित व्यवस्थापनको खाँचो खड्किएको सरोकारवाला पक्षहरुलाई हुनु नितान्त आवश्यक छ ।
रंगशाला झण्डै २२ करोड लगानीमा निर्माण सम्पन्न भए पनि यसको उचित रेखदेख र व्यवस्थापन खड्किदा देख्न सकिन्छ । खेलकुदसँग सम्वन्धित सबै पूर्वाधार निर्माण भइसके पनि रंगशाला रेख देख गर्ने जिम्मेवार निकाय कुन हो भन्ने विषय नै अलमलमा परेको देखिन्छ । अतः यसको व्यवस्थापकीय पक्ष ‘स्ट्रोङ’ हुन सकेको छैन ।
जिल्ला खेलकुद विकास समिति सुनसरीले रंगशाला निर्माण पछि त्यसको संरक्षणको दायित्व इटहरीमा अवस्थित राष्ट्रिय जागृती क्लबलाई सुम्पिएको थियो । विगतमा राजा क्लबले यसको रेखदेख गर्दै आए पनि पछिल्लो समय यसको व्यवस्थापन स्थानीय सरकारले नै चासो र संरक्षण गर्नुपर्ने भन्दै दायित्वबाट पन्छिएको छ । कुनै निकायबाट उचित व्यवस्थापन र रेखदेख नभएपछि पछिल्लो समय रंगशाला लागूऔषध दुव्र्यसनी र यौन लीला मच्चाउने अखडा स्थानीय बताउँछन् ।
करोडौंको लगानीमा निर्माण गरिएको रंगशाला संरक्षणमा कसैले पनि चासो नदिँदा अहिले झारैझारले कुरुप बनेको देख्न सकिन्छ ।
महोत्सव तथा कुनै खेलकुदका कार्यक्रम गर्दा मात्रै चिटिक्क सज्जीने इटहरी रंगशाला अरु बेला बेवास्तामा पर्नेगरेको छ । यसैगरी खेलकुदसँग जोडिएका भवनहरूको पनि संरक्षण नहुँदा जीर्ण बन्दै गएको छ । सँगै बनेका कतिपय भवनहरू अझै पनि प्रयोगविहिन बनेका छन् भने मानव मलमूत्र पनि सोही भवन भित्रै हुने हँुदा दुर्गन्ध पनि त्यस्तै आउने गरेको छ । पहिलाको जस्तो अहिले खेलकुद पनि नभएकोले लथालिङ्ग भएको हुनसक्ने स्थानीयहरू सुझाउँछन् । अतः यो रंगशालाको स्रोन्नतिका लागि व्यवस्थापकीय पक्षलाई यदि स्ट्रोङ बनाउने हो भने यसले पक्का पुर्नजीवन पाउने थियो ।

0 Comments:
Post a Comment