अनमोल समाचारदाता
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिकाका उप–प्रमुख तथा अुनगमन समितिका संयोजक देविमाया काफ्लेको अगुवाईमा नगरका विभिन्न योजना तथा कार्यक्रमहरूको अनुगमन गरिएको छ ।
आज वडा नं. १० को कवर्ड हल निर्माण तथा स्तरोन्नति, पिपल डाँडा स्कुल दक्षित बाटो ग्राभेल र वडा नं. २ को सुनझोडा खोलामा ट्रस ब्रिजको अनुगमन गरिएको हो ।
सो अनुगमनमा नगरका योजना शाखा प्रमुख शिवकुमार राई, अनगुमन समितिका सदस्य वीरबहादुर राई, अन्जना दर्जी, इन्जिनियर सन्तोष केसी र प्राविधिकहरुको सहभागिता रहेका थियो ।
x

0 Comments:
Post a Comment