अनमोल समाचारदाता
पथरी । अघिल्लो कार्यकालदेखि नै विभिन्न किचलोमा रहेको पथरी शनिश्चरेमा स्थापित पथरी उद्योग वाणिज्य संघमा फेरि विवाद उत्पन्न भएको छ ।
संघको फागुन ७ गते भएको १७ औं साधारण सभाबाट अध्यक्ष, उपाध्यक्ष बाहेक सम्पूर्ण पदाधिकारी सर्वसहमत चयन भएका थिए । अध्यक्षमा दीपक बस्नेत र उपाध्यक्षमा रबिन राई निर्वाचनबाट चुनिएका थिए ।
सर्वसहमत रुपमा नव निर्वाचित कोषाध्यक्ष तेजेन्द्रराज भण्डारीले आज (३ गते शनिबार) पत्रकार भेटघाटको आयोजना गरी अध्यक्ष दीपक बस्नेतले आफूसहित पदाधिकारी, सदस्यहरुको फर्जि उपस्थितिमा किर्ते हस्ताक्षर गरेको भन्दै सो विरुद्ध जिल्ला प्रशासन र अदालत जाने चेतावनी दिएका छन् ।
४ जना बसेर कार्यसमिति र लेखा गरी १६ जनाको फर्जि उपस्थितिमा किर्ते हस्ताक्षर गरेकोले अध्यक्ष बस्नेतले नैतिकताको आधारमा तुरुन्त राजिनामा दिनुपर्ने यसो नगरिए कानूनी कारबाहीको प्रक्रिया अघि बढाउने कोषाध्यक्ष तेजेन्द्रराज भण्डारीले बताए ।
भण्डारीले फागुन १९ गते र १० गते बसेको बैठकको उपस्थितिको प्रतिलिपि सञ्चार कर्मी तथा व्यवसायीहरुलाई वितरण गरेका थिए । चैत्र १० गते बसेको भनिएको बैठकको १२ जना पदाधिकारी सदस्यहरुको हस्ताक्षर फर्जि उपस्थितिमा किर्ते गरिएको भण्डारीको दाबी छ । एकै पदाधिकारीहरुको दुई बैठकको हस्ताक्षर मिलेको देखिन्दैन ।
पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दीपक बस्नेतले भने संघको हितको लागि योजना पेस गर्न डकुमेन्ट बनाइएको बताएका छन् । संघमा नव निर्वाचित दुई जना पदाधिकारीको कारण तीन वटै बैंक खाता नचलेको कारण समस्या भइरहेको र बैंकबाट सफाइ लिन १५ दिनको समय दिइएको अध्यक्ष बस्नेतले बताएका छन् ।
छलफलको माध्यमबाट विवाद अन्त्य नभए समस्था थपिन्दै जाने देखिन्छ । संघको खाता सञ्चालन गर्न बैंकको कालो सूचिमा रहेका पदाधिकारीलाई कारबाही र ती पदाधिकारीहरु किर्तेमा मुद्धा मामिलामा गएमा समस्था अझ बढेर जाने देखिन्छ ।
मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा २७६ मा कसैको किर्ते सहीछाप, झुटा अभिलेख, झुटा लिखत तयार गरेको ठहरेमा पाँच बर्ष कैद र ५० हजारसम्म जरिवाना हुने उल्लेख छ । कोषाध्यक्ष राजभण्डारी भने फर्जि उपस्थितिमा किर्ते हस्ताक्षर गर्ने अध्यक्ष बस्नेतले नैतिकताको आधारमा राजिनामा नदिए उजुरी दिन जाने बताएका छन् ।

0 Comments:
Post a Comment