पथरी शनिश्चरे नगरपालिकामा निरन्तर दादुरा–रुबेला खोप अभियान


अनमोल समाचारदाता
पथरी ।
पथरी शनिश्चरे नगरपालिकामा दादुरा रुबेला खोप अभियान २०८० निरन्तर सञ्चालन भइरहेको छ । आज अभियानको छैटौ दिन १ हजार ३ सय ६६ जनाले खोप लगाएका छन् । 
नगरको ९ वटा खोप केन्द्रबाट खोप अभियान सञ्चालन भएको थियो वडा नं। ७ मा भने हिजो नै खोप अभियान सम्पन्न भइसकेको छ । 
वडा नं। १ मा ५ सय १२, वडा नं। २ मा १ सय ४०, वडा नं। ३ मा १ सय ४२, वडा नं। ४ मा ४६ जना, वडा नं। ५ मा  १ सय १४, वडा नं। ६ मा ८३, वडा नं। ८ मा १२, वडा नं। ९ मा २ सय ८३ र वडा नं। १० मा ३३ जना गरी जम्मा १ हजार ३ सय ६६ जनाले खोप लगाएका हुन् । 
अभियानको छैटौ  दिन थप ७५ नानी बाबुहरुले खोप लगाएका छन् । अभियान सुरु भएदेखि आजसम्म दुबै उमेर समूहको जम्मा लक्ष्यको ९१५ ९१८ हजार ५ सय ९२० जना बालबालिकामा भ्याक्सिनेसन भएको छ भने ९ महिना माथि ५ वर्ष मुनिका जम्मा ५ हजार ९ सय ७६ जना लक्ष्य मध्ये हालसम्म ४ हजार ५ सय २९ जना ७६५ बालबालिकामा मात्र भ्याक्सिनेसन भएको छ । 
यो आकडाअनुसार विद्यालय नआउनेको संख्या अझै छुट्न सक्ने भएको हँुदा  सम्बद्ध सबै सरोकारवालाहरुमा सहयोगको लागि पथरी शनिश्चरे नगर स्वास्थ्य शाखा हार्दिकताका साथ अनुरोध गर्दछ । नियमित खोपमा ० डोजका बच्चा आज वडा नम्बर ६ मा १ जना भेटियो । सोही अभियानमा भेटिएको एक जना र आज १ गरी जम्मा २ जना पुगेको छ । 
छैटौ दिनको खोप अभियान नगर प्रमुख मोहन प्रसाद तुम्वपो, स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य र नगरका स्वास्थ्य अधिकृत एकराज खत्रीले नगरका विभिन्न स्थानमा गएर अनुगमन पनि गर्नुभएको थियो ।

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment