रिफुजी च्यालेन्च कप : डाँगीहाट एफ.सी. टाइब्रेकरमा विजयी


अनमोल समाचारदाता
पथरीशनिश्चरे । डाँगीहाट फुटबल क्लब पथरी शनिश्चरेमा जारी राइजिङ ब्रदर्स सुजना छैटौं अन्तर्राष्ट्रिय आमन्त्रण रिफुजी च्यालेन्च कप फुटबल प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरको छ । 
आइतबार भएको खेलमा डाँगीहाट फुटबल क्लबले एपीएफ पकलीलाई टाइब्रेकरमा ३–० गोल अन्तरले रोक्दै डाँगीहाटले दोस्रो चरणको यात्रा तय गरेको हो । 
निर्धारित सयममा दुवै टिमबाट २–२ गोल भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । खेलको दोस्रो हाफमा डाँगीहाटका तर्फबाट सनम लिम्बु र टिम क्याप्प्टेन विक्रम लिम्बुले फ्रिकिक मार्फत् गोल गरेका थिए भने एपीएफका तर्फबाट टिम क्याम्प्टेन उज्जवल चाम्लिङ र यज्ञ विक्रम मल्लले गोल गरेका थिए ।   
यसैगरी टाइब्रेकरमा डाँगीहाटका तर्फबाट राम गुरुङ, सुरेन खवास, विक्रम लिम्बुले सहजै जाली चुमाए भने अर्जुन लिम्बुले पेनाल्टी मिस गरेका थिए । उता एपीएफका तर्फबाटबाट भने उज्जवल चाम्लिङ, बलराम निरौला र सुजन लामाले पेनाल्टी मिस गरेका थिए । 
निर्धारित समयमा दुवै टिमका खेलाडीले पाएको केही अवसर सदुपयोग गर्न नसक्दा विजेता निर्धारण हुन टाइब्रेकरसम्म पर्खनुपरेको थियो । 
खेलको म्यान अफ द म्याच विजेता टिमका गोल किपर कुमार तामाङ घोषित भए । आजको खेल सिरिजंघा एफ.सी. र बी.वाई.सी. बेल्डाँगी बिच हुने आयोजकका सुमन कुरुङबाङले जानकारी दिए ।

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment