वडा नं. ७ द्वारा कृषकहरूलाई बिउ छर्ने मेसिन



अनमोलमणि समाचारदाता
पथरीशनिश्चरे ।
मोरङको पथरी शनिश्चरे वडा नं. ७ ले कृषक प्रोत्साहन कार्यक्रम अन्तर्गत मकै छर्ने मेसिन (बिउ छर्ने हाते मेसिन) वितरण गरेको छ । 
आइतबार वडा कार्यालय परिसरमा ११ वटा बिउ छर्ने हाते मेसिन वडाका विभिन्न टोल र कृषक समूहलाई वितरण गरिएको हो । वडाको चालु आर्थिक वर्ष २०८०÷८१ वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत कृषकहरुलाई मेसिन वितरण गरिएको छ । 
वडा अध्यक्ष उद्धवराज बस्नेतले वडाका छिमेकी लाइन, मिर्मिरे चौक, लामाटोल, मंगलबारे, कृयसन चौक, सैनिक चौक, चभत्लुङ कृषि सहकारी संस्था, संगालो बस्ती, विष्णु चौक, किर्तिपुर, लामाटोली कृषक् समूहलाई मेसिन वितरण गर्नुभएको थियो । सो कार्यक्रममा वडा सदस्यहरु नरेश बहादुर राई, मनिकुमार लिम्बु, उषा लम्जेल, सपना राईको उपस्थिति रहेको थियो ।

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment