माओवादी सम्बद्ध शिक्षकहरुको नगर भेला, अध्यक्षमा भट्टराई सर्वसम्मत



अनमोल समाचारदाता
मोरङ । माओवादी केन्द्र सम्बद्ध शिक्षकहरुको संगठन एकीकृत अखिल नेपाल शिक्षक संगठनको मोरङको पथरीशनिश्चरे नगर समिति पुनर गठन भएको छ ।
शुक्रबार नगर पार्टी कार्यालयमा भएको चौथो परिषद भेलाले तुलशीप्रसाद भट्टराईको अध्यक्षतामा नयाँ समिति गठन गरेको हो । 
समितिको उपाध्यक्षमा ओमबहादुर ढकाल, रामकुमारी राई, सचिवमा भुपाल ठटाल, कोषाध्यक्षमा नारायण तिम्सिना, सहसचिवमा शम्भू बराइली सर्बसहमत चयन भएका छन् । सदस्यहरुमा सन्तबहादुर राई, भक्ति रेग्मी, उपेन्द्र राजवंशी, पद्मा ढकाल र तिलक जोगी सर्वसहमत चयन भएका छन् । 
नव निर्वाचित अध्यक्ष तुलशी भट्टराईले संस्थालाई क्रियाशील बनाएर अघि बढाउने प्रतिबद्धता जनाएका छन् । 
भेलामा पार्टी केन्द्रीय सदस्य लालबहादुर सुश्लिङ मगर, नगर सहइन्चार्ज बालकुमार मगर (बिकास), किराती राष्ट्रिय मुक्ति मोर्चाको महासचिव अर्जुन जम्नेली राई, अखिल नेपाल शिक्षक संगठनको केन्द्रीय सदस्य भूमिका मगर, प्रदेश सदस्य देउमान लिम्बु, मोरङ जिल्ला अध्यक्ष शम्भू राजवंशी, सह अध्यक्ष घनश्याम ढकाल, नगर पूर्ब अध्यक्ष अष्टमान राई, पार्टी नगर सचिव मान दियाली, म्याक्सन ईन्चार्ज शिव तिम्सिना, दुर्गा माविका प्रधानाध्यापक यादव घिमिरे लगायतको उपस्थिति रहेको थियो । 
पथरीशनिश्चरेमा लामो समयदेखि पार्टी संस्थागत नभएको कारण कमजोर हुँदै गएको थियो । स्थानीय तहको निर्वाचनपछि पार्टी कमजोर हुनुको कारण संस्थागत नहुनु, व्यक्ति केन्द्रीत र स्वार्थ सिद्धिको लागि पार्टी सिध्याउनसम्म पछि नपर्ने प्रविधिको कारण समस्यामा परेको निष्कर्ष निकालेका थिए । 
माओवादी केन्द्र पथरीशनिश्चरे नगरको नेतृत्व गोबिन्द कटुवाल, कमाल हाङ्बाङ, मान दियाली, शिव तिम्सिना लगायतले नेतृत्व लिएपछि पार्टी संस्थागत हुँदै गएपछि शिक्षक, विद्यार्थी, मजदुर, किसान, सुकुम्बासी, महिला लगायतका संगठनहरु क्रियाशिल रहेका छन् । 
पार्टी संस्थागत अर्थात आएका समस्याहरु बारे छलफल र सामुहिक निर्णय हुन थालेपछि स्ववियु, उद्योण वाणिज्य संघ, विद्यालय व्यवस्थापन समिति लगायतमा माओवादी केन्द्र सम्बद्ध नेता, कार्याकर्ताहरुले पनि नेतृत्व पाउन थालेको पार्टी नगर उपाध्यक्ष कमाल हाङबाङले बताए । 
पार्टी संस्थागत भएपछि पथरी बहुमुखी क्याम्पस, पथरी उद्योग वाणिज्य संघ, बालकल्णण मावि, हिरक निमाबि, खानेपानी लगायतका संस्थाहरुमा नेतृत्व लिदे समाजिक कार्यमा लागिरहेको हाङ्बाङ्ले बताए ।

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment