अनमोल समाचारदाता
झापा, माघ ७
झापा जिल्लाका विभिन्न ठाउँहरूमा दैनिक हुल बाँधेर र एक्लै आउने जंगली हात्तीले घर भत्काएपछि अधिकांश बासिन्दा माघको चिसोमा कसरी रात कटाउने भन्ने चिन्ताले पिरोलिन थालेका छन् ।
बुद्धशान्ति, कचनकवल, हल्दीबारी गाउँपालिका, दमक, शिवसताक्षी, भद्रपुर र अर्जुनधारा नगरपालिकाका विभिन्न ठाउँहरुमा रैथाने जंगली हात्तीले दिनहुँ गाउँ पसेर घर भत्काउने र अन्न खाने गरेका छन् । यहाँका स्थानीयवासी धन जोगाउने कि ज्यान भन्ने चिन्तामा छन् । हात्तीले पक्की घरभन्दा टिनको छानो र टाटीले
बेरेको घरलाई बढी निशाना बनाउने गरेको छ । हात्तीले घर भत्काउनुका साथै दुःख गरेर वर्षभरि खानाका लागि भण्डारण गरेर राखिएका धान, चामल, मकै खाने, छरिदिने हात्ती पीडितको गुनासो रहेको छ । कचनकवल गाउँपालिका–३ का इश्वरसिंह राजवंशी, फाकताल
राजवंशी, देवलाल राजवंशीको टिनको छानो भएको घर भत्काएर एकै दिन भण्डारण गरेको अन्न समेत खाएको थियो । स्थानीय दुर्गाभिट्टा सामुदायिक वनमा दिनभर बस्ने हात्तीले मध्यरातमा गाउँ प्रवेश गरेर घर भत्काइदिँदा उनीहरू संकटमा परेका छन् । ‘अन्न त खायो, तर घर नै भत्काइदिएपछि अब कहाँ बस्ने”, स्थानीय देवलाल राजवंशीले भने, ‘शीतलहर चलेको छ, तत्काल बनाउने पैसा समेत छैन ।’ जिल्ला प्रहरी कार्यालय झापाका अनुसार चालु आर्थिक वर्षको २०८० र ०८१ को साउनदेखि पुस मसान्तसम्ममा जंगली जनावरबाट रु ४८ लाख ५० हजार छ सय ४० बराबरको भौतिक क्षति भएको छ । कार्यालयले उक्त अवधिमा जंगली जनावरले जिल्लाका ७२ स्थानमा ५९ घर, दुई गोठ भत्काएको बताइएको छ । हात्तीले घर भत्काएमा सरकारले १० हजारसम्म क्षतिपूर्ति दिने व्यवस्था
गरेको डिभिजन वन कार्यालय झापाले बताएको छ ।

0 Comments:
Post a Comment