वडा नं. १० का विश्वकर्मालाई उपचार्थ सहयोग


अनमोल समाचारदाता
पथरी । अनौपचारिक श्रमिक हितकोष व्यवस्थापन समिति पथरी शनिश्चरे नगरपालिकाद्वारा वडा नं. १० का तेजबहादुर विश्वकर्मालाई १० हजारको चेक हस्तान्तरण गरिएको छ । 
शुक्रबार नगरपालिकाको सभाहलमा श्रमिक हितकोष व्यवस्थापन समितिद्वारा सूचिकृत श्रमिकको लागि दुर्घटना आर्थिक सहयोग कार्यक्रम अन्तर्गत उक्त रकम बेल्डिङमा काम गर्दा लडेर हात भाचिएका विश्वकर्मालाई हस्तान्तरण गरिएको हो । 
अनौपचारिक श्रमिक हित व्यवस्थापन समितिका अध्यक्ष भीम कुमार राईको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको थियो । 
नगर प्रमुख मोहन प्रसाद तुम्वापोले विश्वकर्मालाई चेक हस्तान्तरण गर्नुभएको थियो हो भने कार्यक्रम सञ्चालन समितिका सदस्य सचिव सुरेन्द्र राईले गर्नुभएको थियो । कार्यक्रममा सदस्यहरु हरिप्रसाद सुवेदी, दोर्णबहादुर खड्का, मुना राई, रविन राई र स्थानीय सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment