सेवा विस्तार गर्दै गोदावरी हस्पिटल, बाल रोग, हाडजोर्नी र प्रसुतिमा उल्लेख्नीय फड्को !


अनमोल समाचारदाता
उर्लाबारी । उर्लाबारीस्थित गोदावरी हस्पिटलले बाल रोग, हाडजोर्नी र प्रसुति सेवालाई विशेष प्राथमिकतामा राखेर सेवा विस्तार गर्ने जनाएको छ । आइसीयू र एनआइसीयू बेडसहितका कक्ष संचालनको तयारी गरेको छ । 
भौतिक, मानवीय स्रोत, साधन र सेवामा फड्को मारेको गोदावरी हस्पिटलले बिशेषज्ञसहितका चिकित्सकहरुको सेवा बढाउँदै लगेको छ । अहिले हस्पिटलको भौतिक सुधारसंगै विरामीहरुको उपचार सेवा सुविधाको स्तरमा उल्लेखनीय सुधार आएको पाइएको छ । नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रम यस हस्पिटलमा संचालित छ । बीमा वापत पाइने निःशुल्क उपचार, ल्याब परीक्षण र औषधिहरु सहज रुपमा उपलब्ध हुँदै आएको अवस्था छ । 
हस्पिटलले फिजिसियन, महिला तथा स्त्रीरोग, बालरोग, छातिरोग, हाडजोर्नी तथा नशा रोग र छाला रोग विशेषज्ञका अलवा एनेस्थेसियोलोजिस्टबाट बिरामीहरूको उपचारका साथै सेवा सुविधाको स्तरमा सुधार ल्याएको हो । विगतमा आवश्यक उपचार नपाउँदा उर्लाबारीलगायत आसपासका बासिन्दा ठुला सहर बजारका अस्पतालमा जान बाध्य थिए । त्यो बाध्यता हटेर अहिले आफ्नै ठाउँमा विशेषज्ञ सेवा पाउँदा धेरै सहज भएको अस्पतालमा उपचार गराउन आउने सेवाग्राहीहरू बताउँछन् । 
गोदावरी हस्पिटलमा पुर्वी मोरङ र पश्चिमी झापाका अलवा धनकुटाको ६ नम्बर बुधबारे, इलामको चुलाचुलीदेखि पाँचथरको रविबजारसम्मका विरामी उपचारका लागि आउने गरेका छन् । 
हस्पिटलका अध्यक्ष डा. सुर्यनारायण साहले आईसीयू र एनआइसीयूको संचालनको अन्तिम तयारीमा रहेको बताए । विभिन्न रोगसंग सम्बन्धित बिशेषज्ञ चिकित्सकहरु, दक्ष मेडिकल प्राविधिक तथा स्वास्थ्यकर्मीहरु हस्पिटहलमा सेवाका लागि उपलब्ध छन् । २४ सै घण्टा प्रसूति सेवा, फार्मेसी संचालन, बिरामी भर्ना, ल्याब सेवा, एक्स – रे, भिडियो एक्स – रे र ओपीडी सञ्चालन गरिदै आएको अध्यक्ष डा.साहले बताए । महिला रोग विशेषज्ञसहितको सेवा अस्पतालले प्रदान गर्न थालेपछि गर्भवती, सुत्केरी र प्रजनन स्वास्थ्यसम्बन्धी समस्या भएका महिला अस्पतालमा आउन थालेका छन् । 
यहाँ हाडजोर्नी सम्बन्धि शल्यक्रिया तथा शल्य चिकित्सा सेवासमेत उपलब्ध छ । यस्तै, गोदावरी हस्पिटलमा दुरबिन प्रविधिबाट मृगौला, पित्तथैलीको शल्यक्रीया, अन्य हाईड्रोशिल, हर्निया, पायल्स, फिष्टुला, शरीरका गाठागुठीको उपचार सेवा संचालनमा रहेको हस्पिटलका मेडिकल सुपरिटेन्डेन्ट डा. शिवकुमार साह बताउछन् । वृद्धहरुमा रहेको प्रोस्टेटको शल्यक्रिया पनि हुने गरेको छ । यस्तै, नाक, कान, घाटी, दाँतका साथै आँखाको उपचार सेवा तथा इको र इन्डोस्कोपी सेवा यही पुस १५ गतेभित्र संचालन गर्ने तयारी रहेको मेसु डाक्टर साहले जनाए । फिजियो थेरापी सेवा यसअघि नै अस्पतालमा संचालन भइरहेको बजार प्रबन्धक प्रकाश चौहानको भनाई छ । गोदावरी हस्पिटलले समयानुसार सेवा विस्तार गर्दै लगेकाले उपचारका लागि आउनेको सङ्ख्या पनि बढ्दै गएको चौहानले जानकारी गराए ।



About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment