अनमोल समाचारदाता
पथरीशनिश्चरे । सिरिजंगा स्मृति खुल्ला पुरुष भलिबल प्रतियोगिताको उद्घाटन भएको छ । आज प्रतियोगिताको उद्घाटन पथरी शनिश्चरे नगरपालिकाको उप–प्रमुख देविमाया काफ्लेले गर्नुभएको हो ।
किरात याक्थुङ चुम्लुङ र सिरिजंगा धार्मिक वन उपभोक्ता समूहको संयुक्त आयोजनामा सो प्रतियोगिता सुरु भएको हो । पथरी शनिश्चरे नगरपालिकाका उप–प्रमुख एवं कार्यक्रमको प्रमुख अतिथि देविमाया काफ्लेले भलिवल प्रतियोगिता उद्घाटन गर्नुभएको हो ।
धार्मिक वन समूहका अध्यक्ष डम्बर चोङ्बाङको अध्यक्षता भएको सो उद्घाटन कार्यक्रममा वडा नं. १० का अध्यक्ष जीवन खतिवडा, पथरी शनिश्चरे नगर खेलकुद समितिका अध्यक्ष दीपक राई, युवा समाजसेवीद्वय मधु काङ्बा, रविन राई लगायतको उपस्थिति रहेको थियो ।
आज भएको भलिबल प्रतियोगितामा श्री सालबारी एकता युवा क्लब, श्री एपीएफ पकली र श्री बेलबारी भलिबल क्लब ‘ए’ विजयी भएको छ । भलिबल प्रतियोगिता भोलि पनि हुनेछ भने फाइनल पुस १० गते हुने आयोजकका मनि लुङ्फुवाले जानकारी दिनुभयो । भलिबल प्रतियोगितामा प्रथम र दोस्रो विजेता टिमलाई क्रमशः ६० हजार र ४० हजार रुपैयाँ नगद प्राप्त गर्नेछन् ।

0 Comments:
Post a Comment