नगरमा उद्यमशिलता विकास तालिमको समापन


अनमोल समाचारदाता
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिका लघु उद्यम विकास शाखाको आयोजनामा उद्यमशिलता विकास तालिम व्यवसाय सचेतना तथा सुरु र लैंगिक तथा सामाजिक समावेशिकरण तालिमको समापन भएको छ । 
तालिम मंसिर २४ गतेबाट सुरु भएर सोमबार समापन गरिएको हो । पथरी शनिश्चरे नगरपालिकाको सभाहलमा भएको सो कार्यक्रममा वडा नं. १ का वडाध्यक्ष भीमकुमार राईको अध्यक्षतामा थियो । कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख मोहन प्रसाद तुम्वापो, विशिष्ट अतिथि उप–प्रमुख देविमाया काफ्ले र अतिथिहरु वडा सदस्य पूर्ण कार्की र वसुन्धरा गुरुङ रहनुभएको थियो । 
तालिमको प्रशिक्षण अरुणा राईले गर्नुभएको थियो । तालिम नयाँ लघु उद्यमी सृजना गर्ने उद्यमशिलता दोस्रो चरणको कार्यक्रम हो । उद्यमशिलतामा सहभागिता हुनेहरुलाई मात्र समेटेर तेस्रो चरणमा सिप विकास तालिम प्रदान गरिनेछ ।

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment