जातीय विभेद विरुद्ध संयुक्त संघर्ष समिति गठन


अनमोल समाचारदाता
पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे वडा नं. १० जिरीखिम्तीमा दलित समुदायप्रति गरेको जातीय विभेद विरुद्ध संयुक्त संघर्ष समिति आज गठन भएको छ । 
पथरी बहुमुखी क्याम्पसको सभाहलमा दलित समुदायका अगुवाहरु भेला भई गोपाल लकान्द्रीको संयोजकत्वमा पत्रकार सम्मेलनको आयोजना गरी संयुक्त संघर्ष समिति गठन गरेको हो । यस्तै समितिको उपाध्यक्षमा लक्ष्मण गुराँगाई, सचिव नरेश घतानी, सह–सचिव गीता बिक, कोषाध्यक्ष मिना सिन्चीउरी रहेका छन् । यसैगरी सदस्यहरूमा काजीमान खाती, सन्त बिक, इन्दिरा सुन्दारस, वीरध्वोज शिवा, आरती खाती, सिता दर्जी अन्जना शिवा, सम्झाना नेपाली, हरि लुवागुन, निर्मला नेपाली, प्रकाश शिवा, इन्द्रबहादुर बिक, भिमाकुमारी शंकरर, सपना नेपाली, चन्द्रबहादुर शंकर, मान दियाली, लेखनाथ शंकर, प्रकाश बिक र राजकुमार बिक रहेका छन् । 
स्थानीय वृद्धा शान्ति सुवेदीले घरमा लगाएको पुराणमा रीता विश्वकर्मालाई छुवाछुतको घटना कानुनी प्रक्रियामा गएको थियो । 
अहिले सोही विषयलाई लिएर गाउँका केही अगुवाहरुले स्थानीय स्तरमा हुने विवाह तथा पुराणहरुमा दलित समुदायलाई बहिष्कार गरिएको भन्दै सामाजिक तथा कानुनी लडाइँको लागि संर्घर्ष समिति गठन गरिएको कार्यक्रमको प्रमुख अतिथि किष्णकुमारी बिकले बताइन् ।  

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment