अपाङ्गता भएका व्यक्तिहरुलाई खाद्यान्न र सिरक वितरण


अनमोल समाचारदाता । पथरी
मोरङको पथरी शनिश्चरे नगरपालिकाले नगरपालिकाका अपाङ्गता भएका तथा विपन्न घरपरिवारलाई खाद्यान्न सामाग्री र फाइबर सिरक वितरण गरिएको छ । 
बुधबार वडा नं. २ कि आइतरानी लिम्बु, वडा नं. ५ की पुष्पा ऋषिदेव, वडा नं. ५ कि जानुका घिमिरे र वडा नं. ६ कि सरिता परियारलाई खाद्यान्न र सिरक वितरण गरिएको हो । नगरपालिकाको उप–प्रमुख देविमाया काफ्ले, नगरको महिला तथा बालबालिका शाखा प्रमुख गिता कट्टेल, सृजना भट्टराईले खाद्यान्न वितरण गर्नुभएको थियो । 
अपाङ्गताहरुलाई १ बोरा चामल, डेढ केजी हर्लिक्स, २ केजी दाल र १ लिटर तेल वितरण गरिएको थियो । नगरका अन्य वडाका अपाङ्गता भएका तथा विपन्न घरपरिवारलाई क्रमश खाद्यान्न वितरण गरिदै जाने नगरपालिकाले जनाएको छ ।

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment