अनमोल समाचारदाता
पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे–१ मा स्थापित श्री पञ्चायत नमूना माध्यमिक विद्यालयको आयोजनामा आज ह्याप्पी फुड फेस्टिबल २०८० सम्पन्न भएको छ ।
सो कार्यक्रममा वडा नं. १ का वडाध्यक्ष भीम राई, विद्यालयका शिक्षक, शिक्षिका, सञ्चारकर्मी र विद्यार्थीहरुको उपस्थिति रहेको थियो । विद्यालय हातामा भएको सो फुड फेस्टिबलमा १३ वटा स्टल राखिएको थियो ।
विद्यालयलको वार्षिक कार्ययोजना अनुसार हरेक महिनाको अन्तिम शुक्रबार फेस्टिबल आयोजना गरिने प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकीले जानकारी दिनुभयो । फेस्टिबल कार्यक्रमबाट विद्यार्थीहरू उत्साहित रहेको प्रधानाध्यापक बुढाथोकीले बताउनुभयो ।

0 Comments:
Post a Comment