क्याम्पसद्वारा छात्रा बिना घिमिरे सम्मानित


अनमोल समाचारदाता
पथरीशनिश्चरे । स्नातक तह बीबीएस चौथो वर्षमा उत्कृष्ट अंक ल्याई उत्तीर्ण हुन सफल छात्रा बिना घिमिरेलाई पथरी बहुमुखी क्याम्पसले सम्मान गरेको छ । 
आज पथरी शनिश्चरे वडा नं. ३ कि घिमिरेलाई एक कार्यक्रमको आयोजना गरी क्याम्पसले सम्मान गरेको हो । 
क्याम्पस प्रमुख शान्तिराम तिम्सिनाको अध्यक्षतामा भएको सो कार्यक्रममा प्राध्यापक संघ र स्ववियुले पनि सम्मान गरेको थियो । 
क्याम्पसको तर्फबाट नगद रु. २० हजार र सम्मान पत्र र प्राध्यापक संघले नगद रु. ३० हजार र सम्मान पत्रले सम्मान गरिएको थियो । 
सम्मान कार्यक्रममा पथरी क्याम्पस संचालक समिति सदस्य उमानाथ अधिकारी, पथरी क्याम्पस प्राध्यापक संघका अध्यक्ष उपेन्द्र बस्नेत, स्ववियु सभापति केशर राई लगायतले शुभकामना मन्तव्य राखेका थिए । 
निवर्तमान क्याम्पस प्रमुख चेतन पौडेलले स्वागत मन्तव्य राखेको कार्यक्रममा सम्मानित बिना घिमिरेको बुबा टंकप्रसाद घिमिरे, प्राध्यापकहरु र विद्यार्थीहरुको पनि उपस्थिति रहेको थियो । 

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment