बिबिएस चौथो वर्षमा उत्कृष्ट अंक ल्याउने घिमिरे सम्मानित


अनमोल समाचारदाता
पथरी । मोरङको पथरी शनिश्चरे वडा नं.३ कार्यालयले बिबिएस चौथो वर्षमा उत्कृष्ट अंक ल्याई उत्तीर्ण हुने बिना घिमिरेलाई सम्मान गरेको छ । 
आज (मंगलबार) वडाले पथरी बहुमुखी क्याम्पसबाट बिबिएस चौथो वर्षमा उत्कृष्ट अंक ल्याई उत्तीर्ण हुने घिमिरेलाई सम्मान गरेको हो । 
वडा कार्यालयको सभा हलमा भएको सो सम्मान कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष बिजय लिम्बु रहनुभएको थियो । लिम्बुले आफ्नो वडाको विद्यार्थीले नगरकै नाम उचो राखेको बधाई ज्ञापन गर्नुभयो । 
कात्तिक महिनामा प्रकाशित नतिजा अनुसार घिमिरेले ८५.८ प्रतिशत ल्याएर सम्भवतः नेपाल टप गरेकी हुनसक्ने अनुमान गरिएको छ । पथरीशनिश्चरे–३ निवासी घिमिरे आफ्ना आमा, बुबा सहित कार्यक्रम उपस्थित भएकी थिइन् । 
वडा सचिव जितन लिम्बुले सञ्चालन गर्नुभएको सो कार्यक्रममा जनता माविका प्रधानाध्यापक पदम सापकोटा, वडा सदस्य चन्द्र चेम्जोङ, पथरी बहुमुखी क्याम्पस स्ववियु सभापति केशर राई लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । 

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment