अनमोल समाचारदाता
पथरी । पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा विद्यालय स्वास्थ्य परीक्षण व्यवस्थापन बैठक सम्पन्न भएको छ ।
आज नगरपालिकाको सभाहलमा नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा भएको सो कार्यक्रममा करुणा फाउण्डेसनको सहकार्य रहेको थियो ।
नगरका स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा करुणा फाण्डेसनका विक्रम कोइरालाले कार्यक्रमको बारेमा प्रष्ट्याउनुभएको थियो । यस्तै क्विज अस्पताल काठमाडौंका डा. सुनिल अधिकारी र नेदरल्याण्डसबाट आउनुभएका डा. अरविन्दले प्रस्तुतिकरण राख्नुभएको थियो । बैठकको बीचमा ३० मिनेट खुल्ला अन्तरक्रिया गरिएको थियो ।
कार्यक्रममा पथरी शनिश्चरे नगरपालिकाको सामुदायिक विद्यालयका प्रधानाध्यापकहरु, निजी विद्यालयका प्रिन्सिपलहरु, मिक्लाजुङ गाउँपालिकाको प्रतिनिधि र उर्लाबारी नगरपालिकाको प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । यस्तै बैठकमा नगरका उप–प्रमुख देविमाया काफ्ले, योजना तथा प्रशासन शाखा प्रमुख शिव कुमार राई, शिक्षा तथा खेलकुद शाखा प्रमुख शालिग्राम काफ्ले, महिला तथा बालबालिका शाखा प्रमुख गीता कट्टेल लगायतको उपस्थिति रहेको थियो ।

0 Comments:
Post a Comment