बीपीमा सुधारको खाचो


राम्रो स्वास्थ्य संस्थामा चर्चा कमाएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अहिले अस्त–व्यस्त अवस्थामा छ । यसलाई जसरी पनि सुधारको खाँचो छ । कसरी हुन्छ सुधार ल्याउन सक्नुपर्छ । यदि सुधार भएन भने यत्रो चर्चा परिचर्चा कमाएको संस्थाको इज्जतमा दाग लाग्छ । 

टाढा टाढाबाट बिरामीहरू आउने गरेका छन् । जति जना बिरामीहरु आउँछन् उनीहरुले पहिलेको जस्तो सेवा पाउन छाडेका छन् । यसरी सेवा भनेजस्तो नपाएपछि जति जना उपचार गर्न आउँछन् उनीहरुले सास्ती खेप्नुपरेपछि बीपीले कमाएको नाम बेनामी भएर आउन थालेको छ । 

बिरामी लिएर आएकाहरुले बिरामीहरु स्वयंले पनि पाइला पाइलामा सास्ती खेप्नुपरेको गुनासो राखे । शुक्रबार मध्यान्ह १२ बजेको समयमा प्रतिष्ठानको आकस्मिक कक्ष पुगेका 

राईले उपचार पाउन धेरै समय पर्खिनु पर्ने भएको छ । चिकित्सकले एक पटक एक्स–रे गरेर रिपोर्ट हेरेपछि डिस्चार्ज दिने भनेर एक्स–रे गर्न पठाउने, पुनः अनावश्यक झन्झट दिने भएको बिरामीहरु बताउँछन् । यसरी एक्स–रे गराउँदा पनि अति नै झन्झट बेहोर्नुपर्ने भएको छ । 

यसरी बिरामी राईका आफन्तले एक्स–रे को रिपोर्ट त्यहाँ रहेका अन्य डाक्टरलाई देखाउन खोजे तर, उनीहरू ‘पहिला जसले हेरेको हो, उसैलाई देखाउनु’ भन्दै पन्छिने गरेका छन् । 

यस किसिमको डाक्टरहरुको व्यवहारले आम मानिसहरु आक्रान्त बनिसकेका छन् । अबका दिन यस्तै व्यवहार गर्ने हुन् भने अस्पताल परिसरमा लफडैलफडा हुने देखिन्छ । समय र परिस्थितिलाई बुझेर समयमै समस्याको समाधान नगरे भावी दिनमा बीपी अस्पताल लफडै लफडामा चुलुम्म डुब्ने देखिन्छ । यसकारण बीपीमा समयमै सुधार हुन आवश्यक देखिन्छ । यसैले पनि जति जना मुख्य पदमा बसेका छन् उनीहरुले यस अस्पताललाई सुधारको बाटोमा हिडाएनन् भने भोलिका दिनमा निक्कै नै गाह्रो पर्ने देखिन्छ । अतः बीपीले आफ्ना कर्मचारी लगायत प्रशासन शाखालाई चुस्त दुरुस्त बनाउन नसके धेरै नै समस्याहरू उत्पन्न हुने निश्चित छ । त्यसैले बीपीमा नितान्तको सुधारको खाँचो छ ।

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment