याङवरक गाउँपालिकाको हाकिमले ढोका थुनेर कर्मचारी कुटेपछि...


अनमोल समाचारदाता
पाँचथर । पाँचथरको याङवरक गाउँपालिकाका प्रशासकीय अधिकृतले कार्यालय सहयोगीलाई कुटपिट गरेको घटना ढाकछोप गर्न गाउँपालिका नै लागि परेको रहस्य सार्वजानिक भएको छ । 
मोबाइलमा म्यासेज आएको विषयलाई लिएर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन लिङ्देनले कार्यालय सहयोगी छत्र सुवेदीलाई गत आइतबार निर्घात् कुटपिट गरेका हुन् । म्यासेजको विषयलाई लिएर सामान्य भनाभन हुँदा पालिकाको क्यावटरमा ढोका थुनेर अधिकृत लिङ्देनले सुवेदीलाई कुटपिट गरेका थिए ।    कुटपिटबाट सुवेदीको आँखा छेउमा गहिरो चोट परेको छ भने मुक्का प्रहारबाट अनुहार सुनिएको छ । घटनालाई लिएर पालिकाका अध्यक्ष भीम बहादुर योङ्या र उपाध्यक्ष बाबा मेयाङ्बोले एक विज्ञप्ति जारी गर्दै सामान्य रुपमा लिन अनुरोध नै 
गरेका छन् । दुई कर्मचारी बिच सामान्य विवाद भएको विषयलाई अतिरञ्जित गर्न खोजिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
‘गम्भीर कुटपिट नभएको र दुई पक्ष बीच सहमति भइसकेकाले टिका टिप्पणी गरी सिङ्गो गाउँपालिकाको अस्तित्व, स्वाभिमान, कार्यसम्पादन, कर्मचारी प्रशासन लगायतका विषयमा प्रश्न खडा नगरिदिन अनुरोध छ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ । यता स्थानीयले भने घटनालाई गाउँपालिकाले लुकाउन खोजेको बताएका छन् ।

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment