इजरायली जनस्तरमा विभाजित मनोविज्ञान

शशी पौडेल

गएको शनिबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले प्यालेस्टाइनका जनताविरुद्ध बदला लिन आह्वान गरे तर हमासले बन्धक बनाएका परिवारका सदस्यहरुको विचारलाई भने उनको यो भनाइले प्रतिनिधित्व गरेन ।

किन भने त्यही शनिबार साँझ उनले पीडित परिवारसँग भेटेका थिए । उक्त भेटमा पीडित पक्षले उनको आसयको ठीक विपरीत माग गरेका थिए । हमासले बन्धक बनाएकी रुमीकी आमा मेरभ लेसेम गोनेनले भनिन् ‘हाम्रा परिवारका सदस्यहरूको भाग्यलाई जोखिममा पार्ने कुनै कदम नचाल्नुहोस् भन्ने हाम्रो माग छ ।’

‘उनीहरूलाई घर ल्याउनुहोस् भन्ने नारा सहित तेल अवीभमा आयोजित एक ¥यालीलाई सम्बोधन गर्दै उनले आह्वान गरिन्, ‘प्रिय प्यालेस्टाइनमा बन्दी बनाइएकाहरुका आफन्तहरु हो सबैले हाम्रा पुराना सम्झौताहरु माथि विचार गर्नुहोस् र दुबै तर्फका बन्दीहरुलाई फिर्ता गर्न दबाव दिनुहोस् ।’

उनका भनाइमा, ‘बन्दी आदानप्रदान गर्दा हमासले पनि इजरायलमा बन्दी बनाइएका प्यालिस्टाइनी बन्दीहरूलाई फिर्ता गरेको देख्नेछ र यदि यसो हुन सक्यो भने बल्ल बन्दी आदान–प्रदान कार्यको व्यापक राष्ट्रिय र अन्तर्राष्ट्रिय समर्थन मिल्ने छ ।’

नेतान्याहुले बन्धकहरूको फिर्तीलाई युद्धको अभिन्न उद्देश्यको रूपमा स्वीकार गरेनन्, त्यतिमात्र होइन कि उनले हमासलाई नष्ट गर्ने उनको उच्च प्राथमिकता रहेको कुरा दोहो¥याउन छोडेनन् ।

यति भनिरहँदा उनले के बिर्से भने थलसेनाद्वारा प्यालेस्टाइन माथि आक्रमण गर्दा इजरायली बन्धकहरूको जीवन पनि सुरक्षित हुनेछैन । केही इजरायली बन्धकहरु इजरायलकै आक्रमणबाट हताहत भैसकेको सार्वजनिक भएको छ ।

यसरी हेर्दा अहिले इजरायल भित्र इजरायली जनतामा विभाजित मनोविज्ञान पाइन्छ । केहीले खुल्ला रुपमै यो नरसंहारको लडाइ वा युद्धका निम्ति नेतान्याहुलाई पछ्याउन जरुरी छैन भनिरहेका छन् । उनीहरु बन्दी आदान प्रदानका लागि आह्वान गर्न दबाब दिन आवश्यक रहेको ठान्छन् । बन्धक रुमीकी आमा मेरभ लेसेम गोनेनले दोहोर्याएर भनेकी छिन्, ‘इजरायली राजनीतिमा सबैभन्दा प्रतिक्रियावादी हाम्रो आफ्नै देशका राजनीतिज्ञविरुद्ध एक हुनुपर्ने अवस्था आएको छ ।’

उनले अगाडि भनिन्, ‘इजरायलीहरु चट्टानबाट बनेका होइनन् भन्ने कुराको साक्षीका रुपमा गत वर्ष  नेतान्याहुको दक्षिणपन्थी सरकारले अदालतमा गरेको आक्रमणको विरुद्धमा भएको विशाल विरोध प्रदर्शनले प्रष्ट पारेको छ ।’

यद्यपि त्यो बेला जुलुसहरू राजनीतिक रूपमा मिश्रित थिए । केही प्रदर्शन आयोजकहरूले इजरायल विरोधी अभियानकर्ताहरू र प्यालेस्टिनी झण्डाहरूलाई स्वागत गरे भने केही प्रदर्शनकारीले  तिनीहरूलाई बहिष्कार गर्ने प्रयास गरे । त्यतिबेला बेलायतबाट प्रकाशित एक दैनिकले प्यालेस्टिनी र इजरायली जनस्तरबाट तीव्र आलोचना खप्नु परेको थियो । किनकि वामपन्थी समर्थक दैनिक मर्निङ्ग स्टारलाई प्यालेस्टिनी अधिकारहरूप्रति उदासीन रहेको र नेतान्याहुप्रति गरिएको विरोधको आन्दोलनलाई मात्र स्वागत गरेको भन्ने आरोप  लागेको थियो ।

स्लोभाकिस दार्शनिक स्लाभोज जिजेक भन्छन्, ‘यो युद्ध खासगरी नेतान्याहु र प्यालेस्टिनी दुवै पक्षका कट्टरपन्थीहरूको हो । जबसम्म प्यालेस्टिनी र इजरायलीहरूको समान भविष्य सुनिश्चित हुँदैन तबसम्म यसप्रकारको द्वन्द्व मेटिने छैन ।’

उनका भनाइमा, यो युद्ध नेतान्याहु र उनका अति दक्षिणपन्थी गठबन्धन साझेदारहरूको अभियान हो तर नेतान्याहुले के कुरा स्वीकार गर्न मानिरहेका छैनन् भने यो युद्ध प्यालेस्टिनीहरू र इजरायलीहरू दुबैका लागि विनाशकारी हुने छ ।

त्यसैले यस्ता अधिनायकवादीहरुको विरोध गर्न आवश्यक देखिन्छ। जबसम्म इजरायलमा साचो लोकतान्त्रिक परिवर्तनका लागि आफैंभित्र इजरायली जनता तयार हुँदैनन् तबसम्म उनीहरुले  प्यालेस्टाइन माथि कब्जा जमाउने सपना देख्न छाड्ने छैनन् ।

इजरायली नागरिकहरूको उत्पत्ति जुनसुकै अवस्थाबाट भएको भए पनि र जहाँबाट बसाइँ सराइ गराइएको भएपनि यदि बेलायतले १९४७ मा कपटपूर्ण ढंगले गाजा क्षेत्रलाई खुल्ला आकाश भएको जेल नबनाएको भए सायद यो स्थिति आउने थिएन । इतिहासमा जुनसुकै पक्षले काम गरेको भए पनि अबको अवस्थामा प्यालेस्टाइन र इजरायल दुबै राज्यले एकअर्काको राज्य स्वीकानु पर्छ । जबसम्म इजरायली 

राजनीतिमा कट्टरपन्थीहरु हावी भैरहन्छन् तबसम्म सायद यो सम्भव हुने छैन भन्ने उनको भनाइ छ । अवश्य इजरायलमाथि हमासको अक्टोबर ७ को आक्रमणको निःसर्त निन्दा गरिनु पर्छ । तर, के पनि बुझ्नुपर्छ भने इजरायलमा आज देखिएको विभाजित मनोविज्ञानले हमासको अक्टोबर ७ को आक्रमणका कारण सबैभन्दा बढी प्रभावित व्यक्तिहरू नै युद्ध चाहान्नन् भन्ने देखिन्छ । इजरायली गैरकानूनी बस्तीहरू र इजरायलको सिमाना भित्र प्यालेस्टिनीहरूमाथि अक्टोबर ७ पछि गरिएका आक्रमणहरु हिंस्रक भएको पुस्टी मात्रै होइन कि, जुन शायदै निम्नस्तरको जातीय सफाया गर्ने भन्ने कुटिल मनोविज्ञानले काम गरेको पुष्टी हुन्छ । साथै यो युद्ध इजरायली जनस्तरको चाहाना नभै अमेरिकीहरु र पश्चिमेलीहरुको स्वार्थमा भएको स्पष्ट छ ।

पश्चिमी देशहरु जो आफूलाई संसारका बादशाह ठान्छन् उनीहरुले दशकौंदेखि पश्चिम एशिया,  अफ्रिकी मुलुकहरुमा विभिन्न नाममा गरेका युद्धहरूले नरसंहार र भौतिक विनास गरे । अनि ती मुलुकहरुलाई निचोरेको कागतीको खोस्टो फालेजस्तै असफल राज्य बनाएर छोडेका छन् । यस्तो अवस्थामा इजरायली र प्यालेस्टाइन जनताको स्तरबाट अतिवाद र अमेरिकी एवं बेलायतको साम्राज्यवादको विरोध गर्न आवश्यक छ ।

प्यालेस्टीनी जनधनको क्षति दिन प्रतिदिन बढ्दै गइरहेको छ । इजरायली सेनाहरू गाजाभित्र  पसिसकेका छन् र अब धेरै समय बाँकी छैन । यदि गाजाको विनाश रोक्ने हो भने इजरायली जनता, प्यालेस्टिनी जनता र अन्य अन्तर्राष्ट्रिय शक्तिहरूको एकता गराएर संयुक्त राष्ट्रसंघ माथि भिटो लगाउन दबाब दिन आवश्यक छ ।

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment