पालिका स्तरीय पोषण कार्यक्रमको समीक्षा तथा कार्ययोजनाको समापन


अनमोल समाचारदाता
पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा पालिका स्तरीय पोषण कार्यक्रमको समीक्षा तथा कार्ययोजना तयारी कार्यक्रमको आज समापन भएको छ ।
नगरपालिकाको सभाहलमा नगर प्रमुख मोहनप्रसाद तुम्वापोको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा पोषण सम्वन्धी समीक्षा २०७९/०८० र २०८०/०८१ को कार्ययोजना नगरका स्वास्थ्य कर्मचारी जगत मगरले स्लाइड मार्फत् प्रस्तुत गर्नुभएको थियो । 
नगरका सि.अ.हे.व.अधिकृत एकराज खत्रीले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य र आधारभूत स्वास्थ्य केन्द्र वडा नं. ६ का फोकल पर्सन चन्द्र राजवंशीले मन्तव्य राख्नुभएको थियो । समीक्षा कार्यक्रममा नगरका १० वटै वडाका पोषण कार्यक्रम फोकल पर्सनहरुको उपस्थिति रहेको थियो ।

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment