नगरद्वारा अपाङ्गता परिचय पत्र नविकरण, परामर्श तथा चुल्हो वितरण


अनमोल समाचारदाता
पथरी । अपाङ्गता परिचय पत्र समन्वय समितिको संयोजक एवं पथरी शनिश्चरे नगरपलिकाको उप–प्रमुख देविमाया काफ्लेको संयोजकत्वमा अपाङ्गता भएका व्यक्तिहरूलाई परामर्श तथा कार्ड नविकरण गरिएको छ । 
मंगलबार वडा नं. ५ कि सुमित्रा तामाङलाई नयाँ कार्ड (रातो क), वडा नं. २ कि रेश्मा थापाको नविकरण (रातो क), वडा नं. ६ को विरबहादुर सार्की संसोधन (निलो ख) अहिले संसोधन (क) कार्ड वितरण गरिएको थियो । 
यस्तै पूर्ण अशक्त अपाङ्ग भएका वडा नं. २ का विशाल ढकाललाई परामर्श तथा चुल्हो वितरण, आइतरानी लिम्बुलाई चुल्हो र तिला पौडेललाई परामर्श दिइएको थियो । 
नगरका योजना तथा प्रशासन शाखा प्रमुख शिव राई, नगर अस्पतालका डा. भेषराज पौडेल, नगरको महिला विकास शाखाका कर्मचारीद्वय गिता कट्टेल र सृजना भट्टराईको उपस्थितिमा परिचय पत्र वितरण गरिएको थियो ।

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment