पथरी शनिश्चरेमा पालिका स्तरीय पोषण कार्यक्रमको समीक्षा कार्यक्रम


अनमोलमणि समाचारदाता
पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा पालिका स्तरीय पोषण कार्यक्रमको समीक्षा तथा कार्ययोजना तयारी कार्यक्रम सुरुवात भएको छ ।
आज नगरपालिकाको सभाहलमा नगर प्रमुख मोहनप्रसाद तुम्वापोको अध्यक्षतामा कार्यक्रमको उद्घाटन गरिएको हो । 
कार्यक्रममा नगर उप–प्रमुख देविमाया काफ्ले, प्रमुख प्रशासकीय अधिकृत शशि राई, स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यको उपस्थिति रहेको थियो । 
यसैगरी १० वटै वडाका पोषण कार्यक्रम फोकल पर्सनहरुको उपस्थिति रहेको सो कार्यक्रमको सञ्चालन जगत मगरले गर्नुभएको थियो भने स्वागत मन्तव्य नगरका सि.अ.हे.व.अधिकृत एकराज खत्रीले राख्नुभएको थियो ।  
आर्थिक वर्ष २०७९/८० को स्थानीय तह स्तरीय समीक्षा तथा योजना तर्जुमा गोष्ठीको समापन भोलि हुनेछ ।

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment