पथरीशनिश्चरेमा सरसफाई अभियान


अनमोल समाचारदाता
पथरी । ‘हाम्रो पथरी, स्वच्छ सुन्दर पथरी’ भन्ने मूल नाराका साथ आज –शनिबार) पथरी बजारमा सरसफाई अभियान सम्पन्न गरिएको छ । 
वडा स्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता व्यवस्थापन समिति पथरीशनिश्चरे–१ को आयोजनामा भएको सरसफाई अभियानमा वडा नं. १ का अध्यक्ष भीम राईको अगुवाई रहेको थियो । 
बिहान ७ बजे गोर्खा डिपार्टमेन्टबाट सुरु भएको अभियान पूर्व बस स्टेण्ड हुँदै पश्चित बस स्टेन्डमा गएर समापन गरिएको थियो । अभियानका क्रममा फोहोर मैला साथै अनावश्यक तारहरु काटेर हटाइएको थियो ।  
अभियानमा नगरपालिकाका योजना तथा प्रशासन शाखा प्रमुख शिव राई, कर्मचारी सुरेन्द्र राई, युवा व्यवसायी तथा समाजसेवी प्रदिपकुमार राई, वडा सदस्यहरु, नेपाल प्रहरी र ट्राफिकको सहभागिता रहेको थियो । 

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment