अनमोल समाचारदाता
पथरी । पथरीशनिश्चरे–१ मा स्थापित श्री पथरी कृषि सहकारी संस्था लिमिटेडको १५ औं वार्षिक चुनावी साधारणसभा सम्पन्न भएको छ ।
आज पथरी शनिश्चरे १ को नर्वदेश्वर शिवालय मन्दिरमा भएको सो साधारणसभाका प्रमुख अतिथि नगरका प्रमुख मोहन प्रसाद तुम्वापो रहनुभएको थियो ।
यस्तै कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष हरिराज प्याकुरेलको रहेको थियो । संस्थाले आफ्ना शेयर सदस्यहरुलाई सम्मान तथा पुरस्कार वितरण पनि गरेको थियो । जेष्ठ नागरिक लेखनाथ भट्टराई, उत्कृष्ट बचतकर्ता पुण्यवती भट्टराई, उत्कृष्ट कृषक सम्मान केशव थापा लगायतलाई प्रमुख अतिथि तुम्वापोले दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।
संस्थाको बन्द सत्र र चुनावी सभा आज बेलुका हुने संस्थाले जनाएको छ ।

0 Comments:
Post a Comment