नगरपालिकाद्वारा निरन्तर बजार अनुगमन


अनमोल समाचारदाता
पथरी शनिश्चरे । चाडबाड नजिकिएसँगै पथरी शनिश्चरे नगरपालिकाले बजार अनुगमनलाई तीव्रताका साथ निरन्तर अघि बढाइरहेको छ ।
उपभोक्ताको हकअधिकार संरक्षण, स्वच्छ बजार प्रवद्र्धन तथा अवाञ्छित मूल्यवृद्धि अनुगमन तथा नियन्त्रणका लागि बजार अनुगमनलाई तीव्रताका साथ विहिबार पाँचौ दिन पनि निरन्तरता दिएको होे । 
पथरीशनिश्चरे वडा नं. ९ को शनिश्चरे बजारमा अवस्थित साथीमार्ट, किराना पसलहरू, वडा नं. ४ को साह किराना पसल, केचना फार्मेसी, अप्सरा मेडिकल, वडा नं. ७ को कृतिका किराना पसल लगायतको पसलहरूमा अनुगमन गरिएको थियो । अनुगमनका क्रममा प्रमाण–पत्र दर्ता भए नभएको र नविकरण नभएकाहरुलाई नविकरण गर्न र म्याद नाघेका सामानहरू डिस्पोज गरिएको छ ।  
यसैगरी पथरीशनिश्चरे वडा नं. ४ मा अवैधानिक रुपमा सञ्चालित अप्सरा मेडिकल हल बन्द गरिएको छ । 
अनुगमन समितिको संयोजक तथा नगर उप–प्रमुख देविमाया काफ्ले, स्वास्थ्य कर्मचारी एकराज खत्री, कृषि शाखा प्राविधिक टिकादेवी राई, नेपाल पत्रकार महासंघ मोरङका उपाध्यक्ष मोहन भट्टराई, राजश्व शाखा कर्मचारी मित्रकला चापागाई, सुरक्षाकर्मीहरु लगायतको उपस्थितिमा अनुगमन गरिएको थियो ।

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment