अनमोल समाचारदाता
पथरी शनिश्चरे । मोरङको शनिश्चरे नगरपालिकाले चाडबाड नजिकिएसँगै बजार अनुगमनलाई तीव्रताका साथ निरन्तर अघि बढाएको छ ।
उपभोक्ताको हकअधिकार संरक्षण, स्वच्छ बजार प्रवद्र्धन तथा अवाञ्छित मूल्यवृद्धि अनुगमन तथा नियन्त्रणका लागि बजार अनुगमनलाई तीव्रताका साथ विहिबार दोस्रो दिन पनि निरन्तरता दिएको होे ।
पथरी बजारको दोस्रो दिनको अनुगमनमा सिम्रन माछा फ्रेस हाउस, मनोज फ्रेस हाउस, सम्वाहाम्फे फ्रेस हाउस, गृष्मा किराना पसल, सेवारो फ्रेस हाउस, शिवम मिष्ठान्न भण्डार, करुणा होटल, मनिषा किराना पसल, नमस्ने फाष्ट फुट, साथी मार्ट, ए टु कलेक्सन, भोजपुरे किराना पसल, आर्यन किराना पसल, ललिता फलफुल तथा किराना, पूजा फलफुल, पथरी फलफुल पसल, बजारका मुख्य मासु पसलहरु र सब्जी मन्डीको अनुगमन गरिएको थियो ।
अनुगमनका क्रममा मिति सकिएका पेय पदार्थ नष्ट गरिएको थियो भने पसलमा सुधार गर्नुपर्ने र केही पसललाई जरिवाना गरिएको छ ।
अनुगमनमा संयोजक देविमाया काफ्ले, वडा नं. १ का अध्यक्ष भीम राई, स्वास्थ्य कर्मचारी जगत मगर, वडा सदस्य पूर्ण कार्की, बसुन्धरा गुरुङ, आरती खाती, राजश्व शाखा कर्मचारी मित्रकला चापागाई, सवल पोख्रेल, इलाका प्रहरी कार्यालय पथरीका प्रहरीहरु लगायतको उपस्थिति रहेको थियो ।

0 Comments:
Post a Comment