नगर खेलकुद विकास समितिको प्रथम बैठकद्वारा दुई निर्णयहरु पारित


अनमोल समाचारदाता
मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका नगर खेलकुद विकास समितिको पहिलो बैठक समितिका संयोजक दिपक राईको अध्यक्षतामा सम्पन्न भएको छ । 
शुक्रबार नगर प्रमुख मोहन प्रसाद तुम्बापोको प्रमुख आतिथ्थतामा सो बैठक सम्पन्न भएको हो । वडा नं २ का वडा अध्यक्ष नैना राई तथा नगर खेलकुद विकास समितिका सह–संयोजक अनिश लुइटेल, सदस्यहरू सनम मगर, लोकसागर साँवा, सुरेन्द्र तुम्वापो, जमुना मगर, मिक्की लिम्बु, प्रज्वल गुरूङ समेतको उपस्थितिमा भएको बैठकले दुई निर्णयहरु पारित गरेको छ । 
जस्तै नगर भित्र रहेका खेलकुदसँग सम्वन्धित क्लवहरूलाई सूचिकृत हुन सूचना गरी सूचिकृत संस्था तथा क्लवहरूलाई मात्र खेलकुद प्रतियोगिता सञ्चालनमा सहयोग गर्ने, आगामी बैठकमा नगरको खेलकुद विकासका लागि वार्षिक कार्ययोजना सहितको खाका पेश गरी वार्षिक कार्य योजना अनुसार खेलकुदका गतिविधिहरू सञ्चालन गर्ने निर्णय भएको छ । 
यस्तैगरी पहिलो बैठक भएकोले कार्यविधिमा भएका व्यवस्था तथा काम कर्तव्य र अधिकार क्षेत्रका विषयमा छलफल भएको जानकारी खेलकुद विकास समितिका सदस्य सचिव नवीन खुलाल बुढाथोकीले जानकारी दिनुभयो । 
x
x

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment