अनमोल समाचारदाता
मोरङ । पथरी शनिश्चरे नगरपालिका पथरी नगर अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिको आयोजनामा जग्गादाताहरूलाई परिचय–पत्र वितरण कार्यक्रम सम्पन्न गरिएको छ ।
शुक्रबार नगर अस्पतालको सभाहलमा भएको सो कार्यक्रमको अध्यक्षता नगर प्रमुख मोहन प्रसाद तुम्वापो रहनुभएको थियो । नगर अस्पताललाई जग्गा प्रदान गर्नुहुने जग्गादाताहरुलाई अबिर र खदाले सम्मान गर्दै परिचय–पत्र वितरण गरिएको थियो ।
यसैगरी सोही कार्यक्रममा नेपालीहरूको महान चाड वडादशैं, दिपाली तथा छैठ पर्वको शुभकामना आदान–प्रदान पनि गरिएको थियो । जग्गादाताका तर्फबाट केशव दाहाल र बाबुराम राईले शुभकामना मन्तव्य राख्नुभएको थियो । स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यले सञ्चालन गर्नुभएको सो कार्यक्रममा वडा नं. १० का वडाध्यक्ष जीवन खतिवडा, नगर अस्पतालका सिअहेव याम खड्का लगायतको उपस्थिति रहेको थियो ।

0 Comments:
Post a Comment