थारु कल्याणकारीद्वारा जितिया विशेष साँस्कृतिक कार्यक्रम

अनमोल समाचारदाता
पथरी । मोरङको पथरीशनिश्चरे हसन्दह बजारमा जितिया विशेष साँस्कृतिक कार्यक्रम–२०८० धुमधामका साथ सम्पन्न भएको छ । 
विहिबार  पथरी शनिश्चरे नगरपालिकाको सहयोगमा थारु कल्याणकारिणी सभाको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो । 
कार्यक्रमका प्रमुख अतिथि नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापोले जितिया पर्वको शुभकामना व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो –‘जितिया पर्वलाई पहिचानको रुपमा निरन्तर मान्दै आएका छौं, यसले आदिवासीको संस्कार संस्कृतिको संरक्षण सम्वद्र्धन गरेको छ ।’
रामनारायण चौधरीको अध्यक्षतामा भएको सो कार्यक्रम वडा नं. ८ का वडाध्यक्ष तथा नगरका प्रवक्ता नविन कार्की, वडा नं. ५ का अध्यक्ष चेतेन्द्र खड्का, वडा नं. ६ का अध्यक्ष कृष्ण कुमार बस्नेत, आदिवासी जनजाति महासंघ नगर अध्यक्ष देवेन्द्र लिम्बु, वडा सदस्यहरु , थारु कल्याणकारी समाजका केन्द्रीय सदस्यहरु र सामाजिक अगुवाहरुको उपस्थिति रहेको थियो ।  
आयोजकका बाबुराम चौधरीले स्वागत मन्तव्य राख्नुभएको थियो भने थारु साँस्कृतिक स्वागत नृत्यबाट साँस्कृतिक कार्यक्रम सुरु भएको थियो । यस्तैगरी विभिन्न साँस्कृतिक नृत्य र गायनहरु प्रस्तुत गरिएको थियो ।
x

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment