एक्सेल बैंकका कर्मचारीबीच फुटसल प्रतियोगिता


अनमोल समाचारदाता

विर्तामोड  । संविधान दिवसको अवसरमा नेपाल वित्तीय संस्थान कर्मचारी संघ एक्सेल डेभलपमेन्ट बैंकले प्रथम अन्तर शाखा फुटसल प्रतियोगिता सम्पन्न गरेको छ ।

अर्जुनधारामा भएको प्रतियोगिताको फाइनल खेलमा बुधवारे , काँकडभिट्टा , चारआली , खुदुनावारी र धुलावारी शाखा सम्मिलित बी टीमलाई ६–० ले पराजित गरी महानन्द चौक , चारपाने र बिर्तामोड शाखा सम्मिलित इ टीम विजेता बनेको छ । 

विजेताले १० हजार नगद पुरस्कार पाएको छ भने उपविजेताले ७ हजारमा चित्त बुझाएको छ । प्रतियोगितामा १३ गोल गर्ने इ टीमका निरज ढुंगाना हाइस्कोरर घोषित हुँदै २ हजार पाँच सय नगद पुरस्कार पाएका छन् । प्रतियोगितामा एक्सेल बैंकका ४५ वटा शाखाका कर्मचारीहरुको ९ वटा टीमले भाग लिएका थिए ।


About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment