सामुदायिक मेलमिलाप कर्ताहरुका लागि मेलमिलाप तालिम


अनमोल समाचारदाता
पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका न्यायिक समितिको आयोजनामा सामुदायिक मेलमिलाप कर्ताहरुका लागि मेलमिलाप तालिमको उद्घाटन भएको छ । 
आज नगरपालिकाको सभाहलमा न्यायिक समितिका संयोजक एवं नगर उप–प्रमुख देविमाया काफ्लेको अध्यक्षतामा सो तालिमको उद्घाटन गरिएको हो । 
नगर प्रमुख मोहन प्रसाद तुम्वापोको प्रमुख आतिथ्यता र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेलको विशिष्ट आतिथ्यता रहेको थियो ।  
५ दिनसम्म सञ्चालन हुने सो तालिमको स्वागत मन्तव्य न्यायिक समितिका सदस्य पदम धिमालले राख्नुभएको थियो । तालिमको सहजीकरण नगरपालिकाका कानुनी सल्लाह दिपक राईले गरिरहनुभएको छ । 

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment