पथरी शनिश्चरे ३ ले ग¥यो सार्वजानिक सुनुवाई कार्यक्रम



अनमोल समाचारदाता

पथरी । पथरी शनिश्चरे वडा नं. ३ ले सार्वजानिक सुनुवाई कार्यक्रमको आयोजना गरेको छ । 

वडाले आज पिपल चौकमा आयोजना गरेको सार्वजानिक सुनुवाई कार्यक्रममा वडाको आर्थिक वर्ष २०७९÷०८० को वार्षिक कार्ययोजना सम्पन्न भएको विवरणहरु प्रस्तुत गरेको हो । 

वडाले कार्यालय सञ्चालन (प्रशासनिक खर्च) ७ लाख, आपतकालीन मर्मत् सम्भार ३ लाख २५ हजार ६ सय ५, पूर्वाधार विकास योजनामा ५२ लाख ८७ हजार, ३ सय ९५, खेलकुदतर्फ २ लाख, स्वास्थ्यतर्फ १ लाख, कृषितर्फ ३ लाख, लक्षित कार्यक्रमतर्फ ९ लाख रुपैयाँ विवरण सार्वजानिक सुनुवाईमा प्रस्तुत गरिएको थियो । 

सो कार्यक्रममा हरियाली वनका अध्यक्ष कावुलबहादुर मगर (विकास) र वडाका ज्येष्ठ नागरिक कृष्ण अधिकारीले मन्तव्य राख्नुभएको थियो । 

वडाध्यक्ष विजय लिम्बुको अध्यक्षतामा भएको सो कार्यक्रममा वडा सदस्य टंक पराजुलीले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा उपस्थित वडावासीले प्रश्नहरु गर्नुभएको थियो भने वडाका जनप्रतिनिधिहरुले प्रश्नको उत्तर दिनुभएको थियो । निक्कै उत्साहित मुडमा उपस्थित हुनुभएका वडावासीले वडाले सार्वजानिक सुनुवाई कार्यक्रम आयोजना गरेकोमा वडालाई धन्यवाद ज्ञापन समेत गरेको छ । वडाले सो कार्यक्रममा आ.व. २०८०÷०८१ को नीति तथा कार्ययोजना पनि प्रस्तुत गरेको थियो । 


About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment