प्रजनन् स्वास्थ्य रुग्णताको स्कृनिङ तथा व्यवस्थापन शिविर



अनमोल समाचारदाता
पथरी ।
पथरी शनिश्चरे वडा नं. २ मा स्थापित पथरी नगर अस्पतालमा महिलाहरुको लागि प्रजनन् स्वास्थ्य रुग्णताको स्कृनिङ तथा व्यवस्थापन शिविर सञ्चालन भएको छ । 
आज पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा सो शिविर सञ्चालन गरिएको हो । शिविरको उद्घाटन कार्यक्रममा नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापो, उप–प्रमुख देविमाया काफ्ले, नगरका स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य, डा. ममता पन्डित, अस्पताल संचालक समितिका सदस्य तथा समाजसेवी बाबुराम राईको उपस्थिति रहेको थियो । 
सो शिविरमा स्तन क्यान्सर स्कृनिङ, पाठेघरको मुखको क्यान्सर स्कृनिङ, आङ खस्ने सम्वन्धी समस्याको उपचार तथा व्यवस्थापन, अष्ट्रेटिक फिस्टुलाको उपचार तथा व्यवस्थापन, बाँझोपन सम्वन्धी परामर्श सेवा, निःशुल्क औषधी वितरण लगायत सेवाहरु उपलब्ध रहेको छ । विहान १० बजेदेखि सुरु भएको सो शिविर बेलुका ४ बजेसम्म सञ्चालन हुने जनाइएको छ ।  

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment