वडा नं ८ मा लिम्बुको च्याब्रुङ र थारुको पोषाक संरक्षण कार्यक्रम

पथरी शनिश्चरे, जेठ ७

पथरी शनिश्चरे वडा नं. ८ ले आफ्नो वार्षिक कार्यक्रमको रुपमा लिम्बु जातिको परम्परागत संस्कृतिको रुपमा रहेको च्याब्रुङ नृत्य संरक्षण तथा पुस्तान्तरण गर्नका लागि एक महिने च्याब्रुङ ९केलाङ० नृत्य प्रशिक्षण गराएको छ भने थारु जातिको परम्परागत पोशाक हस्तान्तरण गरेको छ । 

आज च्याब्रुङ तालिम समापनको अवसरमा आयोजित कार्यक्रममा बोल्दै वडा अध्यक्ष नवीन कार्कीले आफ्नो पहिचान संरक्षण गर्नका लागि सबैले आ–आफ्नो परम्परागत पोशाक, बाजा, संस्कार, भाषा आदिको संरक्षण तथा पुस्तान्तरण गर्नुपर्ने बताउनुभएको छ । यस वर्ष लिम्बु र थारु जातिको संस्कृति संरक्षणमा सहयोग गरेकोमा आगामी दिनहरुमा अन्य जातिहरुको पनि मागमा आधारित परम्परागत सस्कृतिहरुको संरक्षण गर्न वडाले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो । 

किरात लिम्बु भाषा विद्यालयका अध्यक्ष छत्रबहादुर लिम्बुले वडाबाट आफूहरुको भाषा संरक्षणको लागि लिम्बु भाषा पाठशाला सुरुवात गरेको तथा संस्कृती संरक्षणको लागि एक महिने च्याब्रुङ नृत्य प्रशिक्षण गरेर सहयोग गरेकोमा वडा कार्यलयलाइ धन्यवाद व्यक्त गर्नुभएको थियो । 

थारु कल्याणकारी समाज नगर कमिटी सचिवले नगरपालिकामा यतिका थारुहरु हँुदा पनि कुनै पनि सहयोग नगरेको समयमा वडा नं। ८ ले आफूहरुलाइ सहयोग गरेकोमा थारुहरु खुशी भएको बताउनुभयो । कार्यक्रममा थारु जातिको नृत्य र लिम्बु जातिको च्याब्रुङ नाच समेत प्रस्तुत गरिएको थियो ।

आदिवासी जनजाति वडा नम्बर ८ का संयोजक तारा खजुम लिम्बुको अध्यक्षतामा भएको कार्यक्रम समितिका सचिव सुनिल लिम्बुले सञ्चालन गर्नुभएको थियो भने वडा सदस्यहरु शान्ता योङहाङ, झमक बहादुर लिम्बु, बाबुराम चौधरी, शिवकुमारी विश्वकर्मा लगायतको उपस्तिथि रहेको थियो ।

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment