एड्भान्स सिलाई कटाई तालिम


अनमोल समाचारदाता
पथरी । पथरीशनिश्चरे वडा नं. ६ मा एड्भान्स सिलाई कटाई तालिमको समापन कार्यक्रम भएको छ । 

लघु उद्यम विकास शाखाको आयोजनामा संचालित गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत सिप विकास कार्यक्रम तर्फको ३० दिने एड्भान्स सिलाई कटाई तालिमको समापन कार्यक्रम गरिएको छ ।

 लघु उद्यमी समूहका अध्यक्ष करुणा धिमालको अध्यक्षतामा भएको सो कार्यक्रममा नगरका प्रमुख मोहनप्रसाद तुम्वापोको प्रमुख आतिथ्यता रहेको थियो । यस्तै वडा नं. ५ र ६ का वडा अध्यक्षद्वयको विशेष आतिथ्यता र वडा सदस्यहरु रहनुभएको थियो । यस्तै तालिमको प्रशिक्षक निर्मला खड्का रहनुभएको थियो । प्रमुख अतिथि तुम्वापोले सहभागीहरुलाई प्रमाण–पत्र र ३० वटा इन्डस्ट्रीयल सिलाई मेसिन हस्तान्तरण गर्नुभएको थियो ।

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment