स्याङ्तानको कविता कन्सर्ट


सुनसरीको धरानमा कवि राजु स्याङ्तानको कविता कन्सर्ट सम्पन्न भएको छ । शुक्रबार धरानमा स्याङ्तानको कविता कन्सर्ट भएको हो । नेपाल तामाङ घेदुङ सुनसरीको आयोजना, बौद्धिक तामाङ समाजको संयोजनमा भएको कन्सर्टमा कवि स्याङ्तानले संगीतसँगै कविता सुनाए । स्याङ्तानको ‘ओ पेङ्दोर्जे’ संग्रहका कविताहरूबाट कन्सर्टलाई रोचक बनाए ।

कन्सर्टमा राजु स्याङ्तानका कवितालाई रिदम कँडेल, मनिष गन्धर्व, प्रकाश रसाइली र किरण भुसालले संगीतमय बनाए । स्याङ्तानले कविता मार्फत् परिवर्तनको सम्भावना, राज्यको दमनप्रति विद्रोहको भाव उजागर गर्ने प्रयास गरेको बताए । उनले नागरिकको असन्तोष प्रतिबिम्बित गर्ने १० कविता सुनाएका थिए ।

कन्सर्टमा प्रा.डा.टंक न्यौपानेले कविताको समीक्षा गर्दै पछिल्लो समयमा राज्य र राजनैतिक शासकहरूले दबाएको साहित्य र सिर्जना खुल्ला रूपमा प्रकट हुनथालेको बताउँदै भने, ‘स्याङ्तानको कविता उदाहरण हो ।’ कविता कन्सर्टमा तामाङ घेदुङ प्रदेश अध्यक्ष रेसबहादुर घिसिङले तामाङ जातिको मौलिकता, संस्कार र संस्कृतिलाई युवापुस्तामा हस्तान्तरण गर्न जरुरी भएको बताए ।

कवि सुदीप पाख्रीनले स्याङ्तानको कविताले परिवर्तनको सम्भावना बोकेको भाव उजागर गरेको बताए । 

कवि इन्दु योञ्जनले कविताले आम मानिसको र विषयमा विभिन्न कालखण्डमा उठेका विषय प्रतिबिम्बित गरेको बताए । तामाङ घेदुङ सुनसरीका उपाध्यक्ष हस्तबहादुर पाख्रीनको सभापतित्वमा कन्सर्ट सम्पन्न भएको थियो ।

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment