कोसी पहाडी जिल्लाका पेट्रोलपम्प व्यवसायीहरू आन्दोलित


अनमोल समाचारदाता
मोरङ । कोसी पहाडी जिल्लाका विभिन्न आयोजनाहरूलाई अवैधरुपमा जिल्लाबाहिरका पेट्रोलपम्पहरूले पेट्रोलियम पदार्थ बेचेको भन्दै कोसी पहाडी जिल्लाका पेट्रोलपम्प व्यवसायीहरू आन्दोलित भएका छन् ।

पहाडी क्षेत्रमा सञ्चालित विभिन्न आयोजनाहरूमा इटहरी, धरान, विराटनगर, अमलेखगञ्ज, वीरगञ्ज, बुटवल, हेटौंडा लगायतका पेट्रोल पम्पहरूले अवैधरुपमा पेट्रोलियम पदार्थ ढुवानी गरेको भन्दै उनीहरू आन्दोलित भएका हुन् ।

पहाडी पेट्रोलियम व्यवसायी एशोसिएसनले धनकुटामा  पत्रकार सम्मेलनको आयोजना गर्दै जिल्ला बाहिरका पम्पहरूले जथाभावी अवैधरुपमा पेट्रोलियम पदार्थ ढुवानी गर्दा यस क्षेत्रका पेट्रोल पम्पहरू धरासायी बन्दै गएको जनाइएको छ । 

एशोसिएसनले तराईका विभिन्न पेट्रोल पम्पहरूको यस्तो प्रवृत्तिप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ । नेपाल आयल निगमलाई आफ्नो नियम कार्यान्वयन भए नभएको निगरानी गर्न समेत एशोसिएसनले विज्ञप्ति मार्फत् ध्यानाकर्षण गराइसकेको  छ ।

विज्ञप्तिमा भनिएको छ, ‘स्थानीय प्रशासन र नेपाल आयल निगमले यस्ता विषयमा निगरानी बढाउँदै यस्ता गलत प्रवृत्ति रोकेर त्यस्ता पेट्रोल पम्पहरूलाई तत्काल कारबाही नगरे पहाडी क्षेत्रका सबै पेट्रोल पम्पहरू बन्द गरी प्रशासनलाई चाबी बुझाएर आन्दोलनमा जान बाध्य हुने चेतावनी दिन चाहन्छौँ ।’ पेट्रोल पम्पहरूले जथाभावी तेल बिक्री गर्दा निगमलाई राजस्व घाटा हुने पहाडी पेट्रोलियम व्यवसायी एशोसिएसनका अध्यक्ष अनिस 
राईले बताए ।

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment