मोरङको उर्लाबारी–६ मा रहेको राधिका माध्यमिक विद्यालयमा प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र सदस्य क्रमशः आफ्ना सन्तान र भाइलाई नियुक्ति गर्नुले यो वेथिति यो हद बाँधेको अवस्था छ ।
विद्यालयमा मावि तृतीय सरहको प्रशिक्षक प्रावि तृतीय सरहको ल्याव सहायक र लेखा सहायक पदमा मिलेमतोमा नियुक्त गरिएको रहस्य खुलेको अवस्था छ । यसको प्रत्यक्ष उदाहरण विद्यालयका प्रअ कुमार पोखरेलेकी छोरी प्रतिभा पोखरेल ल्याब सहायकमा नियुक्त गरिनुले पनि यो हद नाँघेको अवस्था सृजित भएको छ । यसरी नै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर राईका छोरा अभिषेक राई र लेखा सहायक पदमा विद्यालयकै व्यवस्थापन समिति स्वरुप दीवेन्द्र थापाका भाइ (मामाका छोरा) प्रकाश थापालाई नियुक्ति गरिएको यो अवस्था भएको छ । सेटिङमा परीक्षा लगायत सम्पूर्ण प्रक्रिया पूरा गरेर प्रअ र व्यवस्थापन समितिमा सदस्य सम्मले आफ्नै नाता गोतालाई नियुक्त गरिएको अवस्था छ ।
यति हदसम्म कि प्रअ पोखरेलको छोरी र व्यवस्थापक सदस्य थापाका भाइले प्रतिस्पर्धाको गरिनु पनि यो वेथितिको हद नाघेको हो ।
वास्तवमा राधिका माध्यमिक विद्यालयमा यस्तो खालको नियुक्ति हुनुले अरु पढ्नुको सार्थकता कै नै रहन्छ र ? त्यसमा पनि राधिका माविमा प्रअको छोरी नियुक्ति र व्यवस्थापन सदस्यको न्याना नियुक्तिले पक्कै पनि आउने र पढेर भविष्यको बनाउने भन्दा पनि आफ्ना नातागोतालाई जागिर खुवाउनु यस विषयमा उर्लाबारी नगरपालिका शिक्षा शाखा प्रमुख र नगरप्रमुखको ध्यान जान जरुरी छ ।
यो माथिको विषय गम्भीर भएकाले यस विषयमा उर्लाबारी नगरपालिका शिक्षा प्रमुख र नगर प्रमुखले आवश्यक विषयमा छलफल गरी दोषी देखिएमा आवश्यक कारवाही गर्न जरुरी छ ।

0 Comments:
Post a Comment