सहकारी संस्थाका दुई सञ्चालक पक्राउ



अनमोल समाचारदाता
विराटनगर ।
तुलसी बहुमुखी सहकारी संस्थाका दुई जना सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।  विराटनगर २ मा रहेका सहकारी संस्थाका दुई जना सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको हो । 

संस्थाका अध्यक्ष फरार रहे पनि उपाध्यक्ष अनिता गौतम र सचिव सविना न्यौपानेलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।बचतकर्ताको रकम फिर्ता दिन नसकेका कारण पछिल्लो १५ दिनयता सहकारीमा आन्दोलन चलिरहेको छ । संस्थाका अध्यक्ष फरार रहेका कारण उपाध्यक्ष र सचिवलाई नियन्त्रणमा लिएर कारोबार मिलाउन मौका दिइएको प्रहरीले जनाएको छ ।

सञ्चालक भाग्नबाट रोक्ने उद्देश्यले दुईजनालाई पक्राउ गरेर पैसा फिर्ता दिनका लागि मौका दिइएको मोरङ प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक टीकाबहादुर कार्कीले जानकारी दिए।सहकारीमा बचतकर्ताले राखेको २० हजारदेखि ४० लाख रुपैयाँसम्म रकम हिनामिना गरिएको आशंका छ । प्रहरीले दुई जनालाई पक्राउ 
गरेपछि उनीहरुलाई तत्काल अभद्र व्यवहार मुद्दामा म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको छ । 

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment