‘उकाली चढ्दै’ सार्वजनिक

जुनी खालिङ राई र गायक तथा संगीतकार कृष्णभक्त राईको पूर्वेली गीत ‘उकाली चढ्दै ओराली झर्दै’ युट्युवमा सार्वजनिक भएको छ ।

जीवन खालिङ राईको शब्द र गायक कृष्णभक्तको संगीत रहेको गीतको भिडियो गायिका खालिङको युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो । सुदेश राई र राज वान्तवाको छायांकन तथा सम्पादन रहेको भिडियोमा गायक कृष्णभक्त र गायिका जुनीलाई देख्न सकिन्छ ।

एकपछि अर्को पूर्वेली गीतहरु सार्वजनिक गर्दै आएकी जुनीले यसअघि पनि दर्जनौं लोक तथा आधुनिक गीतहरु सार्वजनिक गरिसकेकी छन् । 

धनकुटामा रहेर संगीतकर्म गरिरहेकी उनी विभिन्न सांगीतक कार्यक्रममा पनि प्रस्तुति दिंदै आएकी छन् । उनले लोक, आधुनिकसँगै राई भाषाका गीत पनि रेकर्ड गराएकी छन् ।

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment