भर्खरै सार्वजनिक जग्गा मिचेर बनाइएका १५ वटा घरहरू इटहरी उपमहानगरले डोजर लगाएर भत्काएको छ । यो कार्यले उपमहानगरको मुहार फेरिने नै छ । ६ लेन राजमार्ग परियोजना अन्तर्गत सडकको मापदण्ड भित्र बनेका घरहरूमा उपमहानगरले डोजर लगाएर भत्काउन थालेको हो ।
राजमार्गलाई फराकिलो बनाउन र सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना हटाउन उच्च अदालत
विराटनगरले अन्तरिम आदेश जारी गरे लगत्तै उपमहानगरले त्यस्ता संरचनाहरूमा डोजर लगाउन थालेको हो । यसलाई सह्रानीय नै मान्न सकिन्छ ।
विराटनगरले अन्तरिम आदेश जारी गरे लगत्तै उपमहानगरले त्यस्ता संरचनाहरूमा डोजर लगाउन थालेको हो । यसलाई सह्रानीय नै मान्न सकिन्छ ।
माघ १३ गतेदेखि चलेको यस अभियान अन्तर्गत ६ दिनको अवधिमा इटहरी वडा नम्बर ९ को १५ वटा
घरहरू डोजर लगाएर भत्काउन उपमहानगर प्रमुख हेमकर्ण पौडेल आफै अघि बढेका छन् । यो उनले गरेको केही कार्य देखाउनलाई नै हो । सुरुवातताका सामान्य विवाद देखिए पनि विकास निर्माणका कामहरुमा अवरोध नगर्न अनुरोध गरेसँगै सडक क्षेत्रभित्र पर्ने घरहरू स्थानीय आफैंले भत्काउन थालेका छन् । विवाद कहाँ हुन्न र जहाँ पनि हुनेगरेकै छ । तर, विवाद विवाद गर्नलाई मात्र नहोस् विकास हुनेछ भने विवादलाई सामान्य रुपमा लिएरै अघि बढ्नु उचित हुनेछ ।
अदालतको आदेश अनुरुप राजमार्ग क्षेत्रमा पर्ने घरहरू अहिले भत्काउन थालिएको समयमा मेयरलाई अनेकन लपडा नआएका होइनन् । तर, अनेकौ लफडाको बीच पनि मेयर आफ्नो अडिग नछाडि सबैको हितमा काम गरिरहेका छन् । अहिले धमाधम घर भत्काउने कार्य भइरहेको छ ।
वडा नं.९ मा झण्डै घरहरू भत्काउने कार्य सकिएको र ६ नम्बर क्षेत्रमा सुरुवात गर्न लागिएको पनि मेयर पौडेलले बताइसकेका छन् । यस्तै ६ नम्बर वडामा ३० वटा भन्दा बढी घरहरू राजमार्ग क्षेत्रमा परेका छन्, ती सबैमा डोजर चल्ने मेयरले बताइसकेका छन् । राजमार्ग ओगटेर बनाइएका वडा नम्बर ६ का घरधनीहरूलाई १५ दिनभित्र सर सामान सारिसक्न उपमहानगरले अनुरोध गरेको छ । १५ दिनभित्र सामान नसारी अटेर गरे उपमहानगर जिम्मेवार नहुने र सोही अवस्थामा डोजर चल्ने जनाइएको छ ।
सडक परियोजना अन्तर्गत ५५ फुट कायम हुने गरी गत शुक्रबारदेखि डोजर चलाइएको हो । अघिल्लो वर्ष धरान रोडमा ५५ फुट कायम गरी सडक विस्तार गरिएकोमा विराटनगर रोड भने कार्य पूरा गर्न बाँकी रहेको थियो ।
घरधनीहरूले जग्गाको मुआब्जा पाउनुपर्ने माग गर्दै सडक विस्तारमा अवरोध पनि नगरेका होइनन् तर सबैको सहकार्यमा डोजर लगाउने कार्य रोकिएन । यो उपमहानगरको कार्यलाई सबैले सह्रानीय कार्य भन्न नचुकौं ।

0 Comments:
Post a Comment