अनमोल समाचारदाता
मोरङ । मुद्रास्फीति तोकिएको सीमाभन्दा अधिक माथि पुग्ने एक अध्ययनले देखाइसकेको छ । नेपाल राष्ट्र बैंकले गरेको सर्वेक्षणमा सहभागीले मुद्रास्फीति तोकिएको सीमाभन्दा बढी पुग्ने निष्कर्ष निकालेको हो ।
मोरङ । मुद्रास्फीति तोकिएको सीमाभन्दा अधिक माथि पुग्ने एक अध्ययनले देखाइसकेको छ । नेपाल राष्ट्र बैंकले गरेको सर्वेक्षणमा सहभागीले मुद्रास्फीति तोकिएको सीमाभन्दा बढी पुग्ने निष्कर्ष निकालेको हो ।
चालु आर्थिक वर्षमा उपभोक्ता मुद्रास्फीति सात प्रतिशतको सीमाभित्र राख्ने लक्ष्य लिइएको भए पनि प्रथम त्रैमासमा ८ दशमलब ५ प्रतिशतको हाराहारीमा पुगिसकेको छ । केन्द्रीय बैंकले मंसिर १६ गते सार्वजनिक
गरेको विवरणअनुसार आगामी मुद्रास्फीति १२ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ ।
गरेको विवरणअनुसार आगामी मुद्रास्फीति १२ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ ।
केन्द्रीय बैंकले चालु आ.व.को पहिलो त्रैमासको अपेक्षित मुद्रास्फीति सर्वेक्षणको नतिजा सार्वजनिक गर्दै ३ महिना र १ वर्षपछिको मध्य अपेक्षित मुद्रास्फीति क्रमशः १० र १२ प्रतिशत छ । केन्द्रीय बैंकले २०७९ असोज २३ देखि असोज २९ सम्म देशका ५७ सहरका ६० बजारक्षेत्रका व्यक्तिसँग ‘इन्टरभ्यू’ मार्फत् अध्ययन गरेको थियो ।
अध्ययनमा २ हजार ४० जनाले सहभागिता जनाएका थिए । अघिल्लो सर्वेक्षणको तुलनामा यस सर्वेक्षणमा ८ सय ९९ थप व्यक्ति थपिएको राष्ट्र बैंकको भनाइ छ । सर्वेक्षणमा सहभागी ८६ दशमलव छ प्रतिशत उत्तरदाताले आगामी तीन महिनामा मूल्य वृद्धि हुने अपेक्षा गरेका छन् । यस्तै, ९५ दशमलव ७ प्रतिशत उत्तरदाताले आगामी एक वर्षमा मूल्यवृद्धि हुने अपेक्षा गरेका छन् । खाद्य र खाद्य वस्तुको सबै उपसमूह, गैरखाद्य वस्तु तथा सेवा र सबै उपसमूह, तथा घर जग्गा (आवास) समूहमा आगामी तीन महिनामा मूल्यवृद्धि हुने अध्ययनले देखाएको छ ।
खाद्य र खाद्य समूहअन्तर्गतका गेडागुडी, दाल, चिनी तथा मसाला र गैरखाद्य र सेवा समूहबाहेकका अन्य समूह तथा उपसमूहको मूल्यवृद्धि हुनेछ । राष्ट्र बैंकले कसिलो नीति अवलम्बन गरेपश्चात् अपेक्षित मुद्रास्फीतिमा कमी आउन थालेकोसमेत सो प्रतिवेदनमा उल्लेख गरिएको छ ।

0 Comments:
Post a Comment