विराटनगरको सौन्दर्यकरण वृद्धि गर्न र आम सर्वसाधारणलाई आवत जावत् गर्न सहज बनाउने हेतुका साथ फुटपाय नियन्त्रणका लागि विराटनगर महानगरपालिका आक्रमक रुपमा प्रस्तुत भएको छ ।
त्यसमा काठमाडौं लगायत देशभरमा महानगर उपमहानगर र नगरपालिका फुटपाथ खाली गर्ने सडक मापदण्ड मिचेर बनाएका घर–टहरा हटाउने अभियान गत शुक्रबारबाट सुरुवात गरिएको अवस्था छ, महानगरले विराटनगरको मेनरोडबाट अभियानको सुरु गरिएको अवस्था छ । महानगरपालिकाले गत कार्तिक–३ गते बजार सौन्दर्यकरण न्युनीकरण तथा फुटपाय नियन्त्रणका लागि भन्दै ३५ दिने सूचना सार्वजनिक गरेका अवस्था छ ।
सार्वजनिक सूचना प्रकाशित गर्नुका माङकिङ समेत गरेको थियो । व्यापारीले फुटपाथमा सामान राख्न छाडेपछि महानगरले हटाउन सुरुवात गरिएको अवस्था छ , यसलाई सटरभन्दा बाहिर नराख्न आग्रह गरिएको अवस्था छ ।
पसलबाहिर राखेका किरानाका सामान टेलिपिजन, फ्रिज, माला, प्याष्ट्रिका कुर्सी लगायतमा सामग्री हटाइएको अवस्था छ । अटेर गर्ने व्यापारीका सामान नियन्त्रणमा लिएको छ । यसरी नियन्त्रणमा लिएका सामान जरिवाना तिराएर मात्रै गरेको महानगरले जनाएको अवस्था छ ।
विराटनगरलाई साँच्चैकै महानगर जस्तो बनाउन कुनै कसर बाँकी नराख्ने कुरा विराटनगर महानगरपालिका मेयर नागेश कोइरालाको अभिव्यक्ति रहेको छ । त्यसरी नै पथरी शनिश्चरे नगरपालिकामा फुटपाथ बालुवा राख्ने, सामान राख्ने र रोड ब्लक गर्ने जस्ता कार्य गरेकाले यस विषयमा नगरपालिकाले सूचना सुनाएको अवस्था छ ।
यसरी नै देशैभरि नगरपालिका काम फुटपाथ हटाउने अभियान अझ तीव्रका साथ गर्न जरुरी छ या भनौ अत्यावश्यक छ ।

0 Comments:
Post a Comment