अनमोल समाचारदाता
पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाका उप–प्रमुख देवीमाया काफ्लेले तालिम पश्चात् सक्षम भएर आफैं प्रशिक्षक बन्नुपर्ने बताउनुभएको छ ।
आज नगरको लघु उद्यम विकास शाखाको आयोजनामा वडा नं. १० मा ८ दिने उद्यमशीलता विकास तालिमको समापन कार्यक्रममा प्रमुख अतिथि काफ्लेले सो कुरा बताउनुभएको हो । उहाँले थप्नुभयो–‘हामी जो कोहीले तालिम लिइसकेपछि उपलब्धिमूलक हुनुपर्छ र दैनिक आयस्रोतमा वृद्धि गर्नुपर्छ ।’
वडा सदस्य तथा कार्यपालिका सदस्य मिनाकुमारी तामाङको अध्यक्षतामा भएको सो कार्यक्रममा कार्यपालिका सदस्य दिलबहादुर कार्की, वीरबहादुर बस्नेतले शुभकामना मन्तव्य राख्नुभएको थियो । यस्तै तालिममा सहभागीको तर्फबाट सिसु लिम्बुले आफ्ना कुरा राख्नुभएको थियो ।
समापन कार्यक्रममा नगरका लघु उद्यम विकास शाखाको संयोजक सपना कार्की, कर्मचारी कल्पना कटुवाल र वडावासी लगायतको उपस्थिति रहेको थियो ।

0 Comments:
Post a Comment