अनमोल समाचारदाता
उर्लाबारी । आगामी मंसिर ४ गते हुन प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा नेकपा एमालेले प्रचार अभियानलाई तिब्र पारेको छ ।
उर्लाबारी । आगामी मंसिर ४ गते हुन प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा नेकपा एमालेले प्रचार अभियानलाई तिब्र पारेको छ ।
मंगलबार मोरङ क्षेत्र नं. १ क मा प्रदेश सांसद्का उम्मेद्वार उमाकान्त गौतमले उर्लाबारी ४ सिसौली, सन्थाल बस्ती लगायतका क्षेत्रका मतदातासँग छलफल गर्दै आगामी निर्वाचनमा सूर्य चिन्हमा मतदान गरेर विजयी गराईदिनु हुन आग्रह गर्नुभएको थियो ।
उम्मेद्वार गौतम मतदाताको घरदैलोमा पुग्ने क्रममा स्थानीयबासीले सडक, बिधुत, खानेपानी, स्वास्थ्य, शिक्षा लगायतका समस्याका विषयमा अवगत गराएका थिए । सो क्रममा उम्मेद्वार गौतमले यस निर्वाचन क्षेत्र र देशको समृद्धि नेकपा एमालेले मात्र गर्न सक्ने भएकाले आम जनताको समस्या समाधानमा एमाले दृढ रहेको उद्घोष गर्नुभएको थियो ।
चुनावको मुखमा अन्य प्रतिष्पर्धी उम्मेद्वारहरुले मतदातामाँझ भ्रम र झुटो आश्वासन फैलाउँदै हिडिरहेकाले त्यसमा आम मतदाता र नागरिक सचेत रहनुपर्नेमा एमालेले जोड दिएको छ । निर्वाचनको मिती निजिकिएसँगै मोरङ क्षेत्र नं. १ मा एमालेले चुनावी अभियान तिब्र पारेको छ ।
भातृ संगठन, युवा, बिद्यार्थी, बुद्धिजिवी, महिला, दलित, आदिबासी जनजाति, सञ्चार क्षेत्र, जेष्ठ नागरिक लगायतलाई परिचालन गर्दै मंसिर ४ को निर्वाचनमा सुर्यध्वजावाहक उम्मेद्वारलाई जिताउन परिचालन गरिएको निर्वाचन परिचालन कमिटीका संयोजक पुष्प ढकालले बताउनुभयो ।

0 Comments:
Post a Comment