भर्खरै मोरङको रतुवामाई ५ मा अवस्थित सुनवर्सी उच्च माध्यमिक विद्यालयले आफ्नो नाममा रहेको जग्गा बिक्री गरेको रहस्य सार्वजानिक भएको छ । यस्तो किसिमका गद्दाहरुको तुरुन्त अन्त्य गर्न जरुरी छ ।
वि.सं. २०६७ सालमा विद्यालयले आवश्यक पूर्वाधार निमार्ण गर्ने भन्दै विद्यालय व्यवस्थापन समितिमा निर्णय
गराएर ३९ घर परिवारलाई नेपाली कागजमा तमसुक गराएर विद्यालयले रकम लिदै जग्गा विक्री गरेको रहस्य सार्वजानिक भएको छ या भनौ प्राप्त भएको छ ।
गराएर ३९ घर परिवारलाई नेपाली कागजमा तमसुक गराएर विद्यालयले रकम लिदै जग्गा विक्री गरेको रहस्य सार्वजानिक भएको छ या भनौ प्राप्त भएको छ ।
विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष र विद्यालयका प्रधानाध्यापकले आफूहरुलाई जग्गा बिक्री गरेको स्थानीयहरुले बताए । विद्यालयका प्रधानाध्यपक तथा व्यवस्थापन समितिले विद्यालयको मातहतमा रहेको १ विघा ७ कठा १४ धुर जग्गा ३९ घरपरिवारलाई बिक्री गरेको खुलेको हो ।
विद्यालयप्रति यस किसिमको दुस्साहस गर्ने जो कोही छाड्नु हुन्न । यिनीहरुलाई नीति, नियमसंगत कारवाही हुनु नितान्त जरुरी छ । यस्ता प्रवृत्तिका व्यक्तिहरुलाई गद्दार भन्दा नि अत्युक्ति हुने छैन ।
आफूहरुले विद्यालयको जग्गा स्थानीयलाई पास गर्न नमिल्ने भनेपछि ३९ परिवारले रकम संकलन गरेर सोही वडामा सट्टाभर्नाका लागि भन्दै एक विघा जग्गा खरिद गरेको स्थानीयहरु सुझाउँदै आएका छन् । यस्ता गद्दारहरुले कारवाही प्रक्रिया अघि नबढाए अझ धेरै यिनीहरुको समूह मौलाएर जाने निश्चित छ । यसै कारण विद्यालयमा यस किसिमका गद्दाहरुलाई निष्तेज पार्नु आवश्यक छ । या भनौ अन्त्य गर्न जरुरी छ ।

0 Comments:
Post a Comment